अभिनेत्री ऋचा लेख्छिन्–‘साथीहरुले मेरो गर्भावस्था विशेष बनाइदिए’

काठमाडौं । अभिनेत्री ऋचा शर्माले छिट्टै आफ्नो पहिलो सन्तान जन्माउँदैछिन् । एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा खुसी महसुस गरिरहेको उनले बताउँदै आएकी छन् ।

सन्तान जन्माउने दिन नजिकिँदै गर्दा अहिले उनको दही चिउरा श्रृखंला चलिरहेको छ । परिवार, आफन्त तथा सहकर्मीले उनलाई दही चिउरा खुवाएर खुसीमा साथ दिइरहेका छन् ।

यस्तैमा शनिबार केकी अधिकारी, प्रियंका कार्की, रीमा विश्वकर्मा, निशा अधिकारी लगायत केही सहकर्मीले समेत उनलाई दही चिउरा खुवाएका छन् । जसको जानकारी उनले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेर दिएकी छन् ।

दही चिउराको पाँचौं श्रृङ्खला भन्दै उनले साथीको साथले जीवन अर्थपूर्ण भएको बताएकी छन् ।उनले  तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्–‘केही यस्ता सम्बन्धहरु हुन्छन्, जसले जीवनलाई अर्थपूर्ण बनाउँछ । मेरो जीवनका ती सम्बन्ध भनेका मेरा साथी हुन् ।

मेरो जीवनका विभिन्न चरणमा बनेका साथीले मेरो गर्भावस्था बिशेष बनाइदिए ।’ उनी अगाडि थप्छिन्, ‘उनीहरु मलाइ मेरो सुख तथा दुःखमा साथ रहने अनुभव गराएका छन् ।

उनीहरुलाई मित्रको रुपमा पाएकोमा म अत्यन्त कृतज्ञ महसुस गर्छु र आगामी दिनमा पनि तिमीहरूको महत्व मनमा राख्छु ।’
ऋचाले गतवर्ष दीपेक्ष राणासँग प्रेम विवाह गरेकी थिइन् ।

अभिनेत्री ऋचा लेख्छिन्–‘साथीहरुले मेरो गर्भावस्था विशेष बनाइदिए’

योगेशले गरेर भरतमणिको तारिफ

अभिनेत्री ऋचा लेख्छिन्–‘साथीहरुले मेरो गर्भावस्था विशेष बनाइदिए’

जो लागुपदार्थ दुर्व्यसनीको आरोपमा पक्राउ परे

Leave a comment

Your email address will not be published. Required fields are marked *