सेयर बजार राताम्य , १५ अर्ब ६५ करोड रुपैयाँको कारोबार

काठमाडाैं : साताको पहिलो दिन सेयर बजार राताम्मे भएको छ। नेप्से परिसूचक आज ४८ दशमलव ८४ अङ्कले घटेर तीन हजार ४५ दशमलव २० विन्दुमा झरेको छ।

फाइनान्सबाहेक अरू सबै समूहको सेयर आइतबार घटेको छ। बैंकिङ समूहको सेयर ३० अङ्कले घटेको छ। यस्तै विकास बैंक समूहको ५३, व्यापारको ६२, होटलको ३१ र माइक्रोफाइनान्स समूहको सेयर एक सय १५ अङ्कले घटेको छ।

यस्तै जलविद्युत् समूहको सेयर ८९ अङ्कले, जीवन बीमा समूहको तीन सय चार अङ्कले, निर्जीवन बीमाको दुई सय ५३, उत्पादनको ३८, अन्यको ३६ र लगानी समूहको सेयर दुई अङ्कले घटेको छ। आज रुरु जलविद्युत् कम्पनीको सेयर १० प्रतिशले घटेर नकारात्मक सर्किट लागेको छ।

समग्र बजार घटे पनि नारायणी विकास बैंक र खानीखोला जलविद्युत् कम्पनीको सेयर भने १० प्रतिशतले बढेको छ। आज दुई सय २७ कम्पनीका दुई करोड ४८ लाख कित्ता सेयर १५ अर्ब ६५ करोड रुपैयाँमा कारोबार भएका छन्।

सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको एक अर्ब ३१ करोड रुपैयाँको सेयर किनबेच भएको धितोपत्र बोर्डले जनाएको छ।

सेयर बजार राताम्य , १५ अर्ब ६५ करोड रुपैयाँको कारोबार

मन्त्री शाहीलाई बरखास्त गर्न माग गर्दै सुर्खेतमा

सेयर बजार राताम्य , १५ अर्ब ६५ करोड रुपैयाँको कारोबार

ला लिगा : रियल मड्रिड शीर्ष स्थानमा

Leave a comment

Your email address will not be published. Required fields are marked *