मन्त्री शाहीलाई बरखास्त गर्न माग गर्दै सुर्खेतमा युवा संघ र अनेरास्ववियुको र्‍याली

सुर्खेत । कर्णाली प्रदेश सरकारका एक मन्त्रीलाई बरखास्तीको माग गर्दै युवा संघ र अनेरास्ववियुले र्‍याली निकालेका छन्। बलात्कारको आरोप लागेका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई बरखास्तीको माग गर्दै उनीहरुले आइतबार दिउँसो वीरेन्द्रनगरमा र्‍याली निकालेका हुन्।

एक महिलाले २०७६ माघमा मन्त्री शाहीले बलात्कार गरेको आरोप लगाएकी थिइन्। घटनाबारे सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि भने ती महिलाले मन्त्रीमाथिको आरोप निराधार भएको प्रतिक्रिया दिएकी छन्।

मन्त्रीको सचिवालले घटनाको कुनै सत्यता नभएको दाबी गर्दै आएको छ। सचिवालयले ती महिलाले आर्थिक लाभका लागि मन्त्रीलाई बलात्कार आरोप लगाएको बताउँदै आएको छ। घटना बाहिरएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मन्त्रीले नैतिकताका आधारमा मन्त्रीलाई बरखास्त गर्न माग गरेको छ।

सत्ता साझेदार नेपाली कांग्रेसले पनि घटनाको सत्यतथ्य छानविन गर्नुपर्ने माग गरेको छ। सुर्खेतका विभिन्न संघसंगठनले पनि बलात्कारको आरोप लागिसकेपछि मन्त्रीले नैतिकताका आधार राजीनामा दिनुपर्ने बताउँदै आएका छन्।

मन्त्री शाहीलाई बरखास्त गर्न माग गर्दै सुर्खेतमा युवा संघ र अनेरास्ववियुको र्‍याली

सुर्खेतको मालपोत कार्यालय आजदेखि खुल्ने

मन्त्री शाहीलाई बरखास्त गर्न माग गर्दै सुर्खेतमा युवा संघ र अनेरास्ववियुको र्‍याली

सेयर बजार राताम्य , १५ अर्ब ६५

Leave a comment

Your email address will not be published. Required fields are marked *