सुर्खेतको मालपोत कार्यालय आजदेखि खुल्ने

सुर्खेत । दुई सातादेखि बन्द रहेको सुर्खेतको मालपोत कार्यालय आज (आइतबार)बाट खुल्ने भएको छ। कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि दुई सातादेखि बन्द भएको कार्यालयले भदौं १५ गतेसम्मका लागि सेवा प्रवाह बन्द गरेको थियो।

कर्मचारीहरू संक्रमित भएको दश दिन पुरा भइसकेका कारण आजदेखि नै कार्यालय खुल्ने निमित्त कार्यालय प्रमुख कृष्णप्रसाद देवकोटाले जानकारी दिए। स्वास्थ्य मापदण्ड अनुसार दश दिन अवधि पुरा भएपछि संक्रमण सर्ने सम्भावना हुँदैन।

पछिल्लो समय सुर्खेतमा जग्गाको कारोबार बढेपछि कार्यालयमा सेवाग्राहीको अत्याधिक चाप छ। सहजरुपमा सेवा प्रवाह गर्न कार्यालयले बार र पालिका अनुसार सेवा प्रवाह गर्दै आएको छ।

जसअनुसार आइतबार-सोमबार चौकुने गाउँपालिका र लेकबेशी नगरपालिका, मंङलबार-बुधबार वीरेन्द्रनगर नगरपालिका, पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिका, बिहीबार-शुक्रबार चिङ्गाड र सिम्ता गाउँपालिकालाई सेवा दिँदै आएको छ।

सुर्खेतकै मेहेलकुनामा रहेको मालपोत कार्यालयले गुर्भाकोट र भेरीगङ्गा नगरपालिकाको काम गर्दै आएको छ।

सुर्खेतको मालपोत कार्यालय आजदेखि खुल्ने

मन्त्री शाहीलाई बरखास्त गर्न माग गर्दै सुर्खेतमा

Leave a comment

Your email address will not be published. Required fields are marked *