२०८३ मंसिर ११ गते
वीरेन्द्रनगर, सुर्खेत 15°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

ला लिगा : रियल मड्रिड शीर्ष स्थानमा

एजेन्सी : स्पेनिस ला–लिगामा संघर्षपूर्ण जित निकाल्दै रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ।

गएराति भएको खेलमा रियल बेटिसलाई १–०ले हराउँदै मड्रिड तालिकाको शीर्षमा स्थान बनाउन सफल भयो। खेलको ६१ औं मिनेटमा मड्रिडका डिफेण्डर ड्यानी कार्भाजलले हेडिङ मार्फत गोल गरेका थिए।

जितसँगै अपराजित रहेको रियल ३ खेलबाट ७ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको हो। समान ७ अंक नै भए पनि सेभिया, भ्यालेन्सिया र मलोर्का गोल अन्तरमा शीर्ष चारमा छन्। पराजित बेटिस २ अंकसहित १४औं स्थानमा छ।

गएराति भएका अन्य खेलमा सेल्टा डि भिगोलाई एट्लेटिको बिल्वाओले १–० तथा रियल सोसिडाडले लेभान्तेलाई १–० गोल अन्तरले पराजित गरे। इल्चे र सेभियाले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन्।

ला लिगा : रियल मड्रिड शीर्ष स्थानमा

सेयर बजार राताम्य , १५ अर्ब ६५

ला लिगा : रियल मड्रिड शीर्ष स्थानमा

आर्सनलमाथि म्यानचेस्टर सिटीको फराकिलो जित

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!