‘आमाबुवाको चाहना पुरा गर्न सरकारी जागिर खाएँ’

भनिन्छ, ‘जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि प्यारो हुन्छ ।’ तर भन्न जति सजिलो छ, व्यवहारमा उतार्न त्यतिकै कठिन छ । हरेक नागरिकले अवसर र अपेक्षा पुरा गर्न जन्मभूमि छोड्नै पर्ने हुन्छ । कोही अभावहरु टार्न त कोही जीवनका लक्ष्य प्राप्ति गर्न जन्मिभूमिबाट टाढा पुग्छन् । लक्ष्य र अवसरहरु प्राप्त गरेपछि भने अधिकांश नागरिक जन्मभूमि फर्कदैनन् । तर जाजरकोटका झलक केसीले भने जन्मभूमिलाई कर्मथलो बनाएका छन् । उच्च शिक्षा र रोजगारीका लागि शहर पसेका केसी निजामति क्षेत्रमा प्रवेश गरेपछि जन्मभूमिलाई कर्मथलो बनाएका हुन् । प्रस्तुत छ, हाल जाजरकोटको छेडागाड नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीको जीवन भोगाई र निजामति क्षेत्रको अनुभवमा केन्द्रीत रहेर गरिएको कुराकानीको सम्पादित अंश  :

झलक केसी
निमित्त प्रमुख प्रशासकीय अधिकृत, छेडागाड नगरपालिका, जाजरकोट

सुखद् बाल्यकाल

जाजरकोट विकट छ । भर्खर विकास निर्माण बामेसर्दै छ । गाउँघरमा अहिले पनि सबै प्रकारका सेवा सुविधा पुगेको छैन । शिक्षा, स्वास्थ्य र पूर्वाधारको अवस्था कमजोर छ । यही कारण शहरको तुलनामा जाजरकोटमा दुःख र अभाव छ । अधिकांश नागरिक कृषिमा निर्भर छन् । घाँसदाउर, मेलापात, गाइगोठालो किसानको दैनिकी हो ।

कमै नागरिक मात्र आर्थिक रुपमा सम्पन्न छन् । त्यही दुर्गम गाउँमा जन्मिए झलक केसी पनि । बाल्यकाल मेलापात र गोठालो गर्दै विताए । निम्न बर्गिय परिवार भए पनि दुःख र अभाव भोग्नु परेन । कारण उनी घरको एक्लो छोरा थिए । उनको बाल्यकाल मायाममतामै वित्यो । आमा शितला र बुवा विरबहादुरबाट २०५० साल फागुन २ गते छेडागाड नगरपालिका वडा १२ श्रीसेनीमा उनको जन्म भएको हो ।

पढाइमा अब्बल

भनिन्छ, गाउँघरका सामुदायिक विद्यालयहरुमा राम्रो पढाइ हुँदैन । गाउँमा पढेकाहरु कमजोर हुन्छन् । शहरसँग प्रतिस्पर्धा गर्न सक्दैनन् । धेरै हदसम्म यर्थात पनि यही हो । तर झलकले गाउँमा पढेका सबै विद्यार्थी कमजोर हुँदैनन् प्रमाणित गरिदिए ।

न उनी अध्ययनमा कमजोर भए, न त कुनै परीक्षा दुई पटक दिनु नै प¥यो । जुन क्षेत्रमा हातहाले त्यहाँ सफल भएर छोडे । गाउँकै सूर्यज्योति प्राथमिक विद्यालयबाट कखरा चिनेका उनी माध्यमिक तहसम्म कहिल्यै पनि दोस्रो भएनन् । सूर्यज्योतिमा कक्षा ३ सम्म पढे ।

सुरुगाडको जनकल्यान माध्यमिक विद्यालयमा कक्षा ४ देखि ८ सम्म अध्ययन गरे । नारायणी माध्यमिक विद्यालय कार्कीगाउँबाट ९ र १० पढाइ पुरा गरे । २०६५ सालमा एसलसी उत्तिर्ण गरेपछि उच्च शिक्षा अध्ययन गर्न सुर्खेत झरे । गाउँबाट शहर झरेपछि शहरियासँग प्रतिस्पर्धा गरे । वीरेन्द्रनगरको जन माध्यमिक विद्यालयबाट प्लसटु गरे ।

प्लसटु गर्दै दुईजना सहपार्टीबाहेक अन्यका सामु अब्बल भए । प्लसटुमा उनी तेस्रो हुन्थ्ये । सुर्खेत क्याम्पस (शिक्षा)बाट स्नातक तह पुरा गरे । काठमाडौंँबाट जनप्रशासन विषयमा स्नातकोत्तर गरेका छन् । अध्ययनको सिलशिला अहिले पनि जारी छ ।

राजनीतिक शास्त्रमा स्नातकोत्तर र कानून विषयमा स्नातक तहमा अध्ययन छन् । पढाइमा अब्बल भएका कारण विद्यालयदेखि क्याम्पस सम्मको छात्रवृत्ति कहिल्यै छुटेन । पढाइका अलवा हाजिरीजवाफ र वक्तित्वकला प्रतियोगिता उनको रुचिका विषयहरु थिए ।

सानै उमेरमा अपेक्षित उपलब्धि

२०/२२ बर्षको उमेर जीवनको एउटा उर्जाशील उमेर हो । उर्जाशील उमेर कमै व्यक्तिले मात्र सही प्रयोग गरेका छन् । कतिपयले यो उमेरमा जीवनको जग बसाल्छन् भने कतिले हाँस्दैखेल्दै समय विताउँछन् । यो उमेरलाई बर्बादी बेतित गर्नेहरु पनि धेरै छन् । तर झलक यस्ता व्यक्ति हुन् । जसले २२ बर्षे उमेरमै अपेक्षित उपलब्धि हाँसिल गरे ।

विकट क्षेत्रमा हुर्किएका २२ बर्षमै निजमति क्षेत्रमा प्रवेश गरे । स्थायी रोजगारीका लागि बर्षाैसम्म अध्ययनमा संघर्ष गर्नु परेन । लोकसेवा अयोगको तयारी गरेको पहिलो बर्षमै सफल भए । २०७१ सालको खरिदार र नायब सुब्बाको परीक्षामा पास भए । तर नायव सुब्बामा सिफारिस भइसकेका कारण खरिदारको परीक्षामा सहभागी हुनु परेन ।

स्थायी रोजगारीका लागि निजामतिमा आए

झलक राजनीतिमा विशेष रुचि राख्थे । प्लसटु र क्याम्पस पढ्दै गर्दा विद्यार्थी राजनीतिमा सक्रिय भए । राजनीति गर्दै गाउँसमाजको सेवा गर्ने उनको इच्छा थियो । तर स्थायी रोजगारी र आर्थिक सम्पन्नताका लागि निजामति क्षेत्रमा होमिए ।

‘राजनीति गर्ने सानैदेखिको इच्छा हो, क्याम्पस पढ्दा विद्यार्थी राजनीति पनि गरियो’ उनले भने, ‘तर स्थायी रोजगारी र आर्थिक अभाव टार्न निजामति क्षेत्र रोजँे ।’ छोरो सरकारी कर्मचारी भएको हेर्ने आमाबुवाको इच्छाकै कारण निजामति क्षेत्रमा आउन बाध्य भएका हुन् । दैनिक ८/१० घण्टासम्म अध्ययन गर्ने उनी २०७२ सालदेखि निजामति क्षेत्रमा प्रवेश गरेका हुन् । जुन दिन जीवनको सबैभन्दा खुशीको क्षण बन्यो । नेपाल कानून आयोग सिंहदरबार पहिलो कार्यथलो बन्यो ।

काठमाडौँमा हुँदा कानून मन्त्रालय र गृहमन्त्रालयमा रहेर काम गर्ने अवसर पाए । करिव तीन बर्षपछि अधिकृत तह उत्तीर्ण गरे ।
अधिकृत उनले गाउँलाई नै कर्मथलो बनाएका छन् । २०७५ सालचैत १ गतेदेखि छेडागाड नगरपालिकामा कार्यरत छन् । हाल उनले नगरपालिकाको निमित्त कार्यकारीको जिम्मेवारी निर्वाह गर्दै आएका छन् ।

गाउँ नै प्यारो लाग्यो

२०६६ सालतिर उच्च शिक्षा र सुन्दर भविष्य खोज्दै झलक शहर पसे । सुर्खेतमा बसेर उच्च शिक्षा अध्ययन गरे । स्थायी रोजगारीका लागि निजामति क्षेत्रमा जोडिए । निजामति क्षेत्रमा हुँदा पनि केही समय शहरमै बसे । अनुकुल समय आएपछि जन्मभूमिलाई कर्मथलो बनाए । बाल्यकाल विताएको भिरपाखा र जन्मभूमिप्रतिको मायाले गाउँ फर्कायो ।

शहरमा बसेर अध्ययनको निरन्तरता, बृद्धि विकास, अध्ययन र अन्य सुविधा त्यागेर जन्मभूमिको सेवा गर्न गाउँ फर्किएका हुन् । ‘जन्ममूमिप्रतिको कत्तव्र्य पुरा गर्न गाउँलाई नै कार्यथलो रोजेको हु’ उनी भन्छन्, ‘पहिले जन्मभूमिको सेवा गर्छु,े बुढेसकालमा अवसरको सदुपयोग गरौँला ।’

‘आमाबुवाको चाहना पुरा गर्न सरकारी जागिर खाएँ’

घुँयत्राे

‘आमाबुवाको चाहना पुरा गर्न सरकारी जागिर खाएँ’

डाक्टर बन्ने लक्ष्य थियो तर कृषि प्राविधिक

Leave a comment

Your email address will not be published. Required fields are marked *