बाल्यकालमै निजामतिमा नजर


बासुदेव रिजाल

खरिदार, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, सुर्खेत

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय सुर्खेतका सूचना अधिकारी हुन् बासुवेद रिजाल । उनको रहर भने निजामति क्षेत्रमा जागिर खाने थियो । संघीयता कार्यन्वयनकै चरण रहेका कारण केही समय लोकसेवा आयोगले स्थायी पदपूर्ति रोक्यो। आयोगको तयारीका लागि काठमाडौं झरेका उनलाई संस्थानमा स्थायी जागिर खाने मौका मिल्यो । संस्थानमा नै स्थायी जागिर पक्का भएपछि उनले निजामतिको सपना त्यागिदिए । प्रस्तुत छ, उनै रिजालको जीवन भोगाइ र स्थायी जागिरको अनुभवमा केन्द्रीत रहेर गरिएको कुराकानीको सम्पादित अंश :

घरमा सबैको प्यारो

बुवा कृष्णप्रसाद र आमा कल्पादेवीको कोखबाट २०५४ साल असार १ गते बासुदेवको जन्म भएको हो । दैलेखको भैरवी गाउँपालिका वडा नं. २ हुमेगाउँ उनको जन्मभूमि हो । उनले बाल्यकाल हुमेगाउँमै विताए । गाउँले जीवन भए पनि बाल्यकाल निकै सुखद रह्यो । उनलाई न कामको बोझ न त कुनै अभाव ।

६ दाजु र दुई दिदीमा उनी सबैका प्यारा भाइ थिए । गाउँले जीवन उकाली–ओराली गनुपथ्र्याे । गाउँमा दाउरा र मेलापात गाउँघरको दैनिकी थियो । तर बासुदेवलाई यी सबै कामहरु अनिवार्य थिएनन् । ‘स्कुल विदा हुँदा मात्रै गाईबाख्रा चराउन गोठालो जान्थेँ’ उनी भन्छन्, ‘घरको कान्छो छोरा भएर होला, दुःख भोग्नु परेन ।

घरायसी कामहरु गर्ने दाजुदिदीहरु थिए । यहीकारण उनको बाल्यकाल सुखमय रह्यो । शनिबार र स्कुल विदा हुँदा मात्रै गोठालो जान्थे । घरसायी कामहरु मात्रै होइन । जीवनमा आर्थिक अभाव पनि भोग्नु परेन ।

न उत्कृष्ट, न असफल

बासुदेवले गाउँकै विद्यालयबाट कखरा चिने । पञ्चदेवल माध्यमिक विद्यालयबाट कक्षा ५ सम्मको अध्ययन गरे । त्यसपछिको पढाइका लागि गाउँ छोडेर उनी सुर्खेत झरे । वीरेन्द्रनगरको जन माध्यमिक विद्यालयबाट कक्षा ६ देखि १२ सम्मको अध्ययन पुरा गरे ।

२०६८ सालमा एसएलसी पुरा गरेका उनले सुर्खेत मोडेल कलेजबाट स्नातक तहसम्म अध्ययन गरेका छन् । पढाइमा उनी मध्यमस्तरका विद्यार्थी हुन् । उत्कृष्ट हुन नसके पनि पढाइमा कहिल्यै असफल भएनन् । माध्यमिक तहमा पढाइसँगै हाँजिरीजवाफ प्रतियोगितामा विशेष रुचि राख्थे ।

विद्यालयमा हुने हाजिरजवाफ प्रतियोगितामा सकेसम्म सहभागी हुन्थे । हाजिरीजवाफ प्रतियोगितामा रुचि राख्नुको कारण लोकसेवा आयोगको तयारीमा सहयोग पुगोस् भन्ने थियो ।

सानैदेखि लोकसेवाको लत

बासुदेवका बुवा सरकारी जागिरे हुन् । बुवा ग्रामीण स्वास्थ्य कार्यकर्ता थिए । सानै हुँदा दाईहरु निजामतिमा जागिरे भइसकेका थिए । गाउँघरमा पनि अधिकांश अग्रजहरु निजामति क्षेत्रमै थिए । यही वातावरणले बासुदेव नजर पनि निजामति क्षेत्रमै पुग्यो । त्यसपछि सामान्य ज्ञान र दिमाग खियाउने प्रश्नहरुमा अध्ययन गर्न थाले । निजामतिमा सहयोग पुग्छ भन्ने सोचका साथ विद्यालयमा हुने हाजिरीजवाफ प्रतियोगिताहरुमा भाग लिन थाले ।

प्लसटुपछि लोकसेवाको तयारीमा जुटे । बीबीएस पुरा भएपछि पढाइ छोडेर आयोगको तयारी गर्न काठमाडौं हानिए । उनलाई रोजगारीको आकर्षक क्षेत्र मानिने बैकिङ क्षेत्रमा प्रवेश गर्ने बाटो थियो । बीबीएस पढेका उनले बैंकिङ क्षेत्रमा रुचि राखेनन् । किनकी निजामतिको जागिर खाने सानैदेखिको रहर थियो । त्यही रहर पुरा गर्न काठमाडौँ छिरेका उनी संस्थानको स्थायी कर्मचारी भएर फर्किए । उनी काठमाडौँ पुगेको बेला संघीयता कार्यान्वयनकै चरणमा रहेका कारण लोकसेवा आयोगले कर्मचारी माग गरेन ।

त्यसपछि तत्कालीन खाद्य संस्थानमा जोडिए । स्थायी जागिर पाएपछि निजामतिको लत त्यागिदिए । ‘जुन क्षेत्रमा गए पनि स्थायित्व भए पुग्दो रहेछ’ रिजाल भन्छन्, ‘संस्थानमा लागेदेखि निजामतिमा लाग्ने रहर नै हरायो ।’

कलिलैमा स्थायी जागिर

स्थायी जागिर बासुदेवको सानैदेखिको रुचि हो । पारिवारिक परिवेशले उनलाई निजामतिमा क्षेत्रमा निकै रुचि थियो । ‘सानै हुँदा दाई र बुवा सरकारी जागिरे भइसक्नु भाथ्यो’ उनी भन्छन्, ‘कक्षा ४ मा पढ्दादेखि उहाँहरु जस्तै बन्छु भन्ने सोचि सकेको थिएँ ।’ सानैदेखिको सपना पुरा गर्न धेरै समय लागेन ।

उसो त प्लसटु पास हुनेवित्तिकै उनी जागिरमा जोडिन चाहन्थे । तर उमेरले छेकबार ग¥यो । किनकी १८ बर्ष नपुग्दासम्म लोकसेवा आयोगमा प्रतिस्पर्धा गर्न पाउँदैन् । आयोगमा सहभागी हुन नपाउने भएपछि अध्ययनलाई निरन्तरता दिए । वीवीएस पुरा गरेर आयोगको तयारी गर्न काठमाडौँ पुगेका उनले स्थायी जागिरका लागि धेरै समय कुर्नुपरेन । २०७४ मा काठमाडौँ छिरेका उनले बाल्यकालको सपनालाई सपना दुई बर्षमै पुरा गरे ।

२०७६ पुस २४ गतेदेखि तत्कालिन खाद्य संस्थानको स्थायी कर्मचारी भए । स्थायी जागिरको पहिलो कार्यथलो बन्यो डोल्पा । संस्थानको दुनै शाखामा रहेर करिव दुई बर्ष सेवा गरे । गएको साउन २४ गतेदेखि उनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतमा सहायक चौथो (खरिदार) पदमा कार्यरत छन् ।

बाल्यकालमै निजामतिमा नजर

बहुविवाह मुद्धामा फरार महिला पक्राउ

बाल्यकालमै निजामतिमा नजर

यूएईविरुद्ध नेपाल टस जितेर बलिङ गर्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *