बहुविवाह मुद्धामा फरार महिला पक्राउ

सुर्खेत :  सुर्खेत प्रहरीले बहुविवाह मुद्धामा फरार प्रतिवादी महिलालाई पक्राउ गरेको छ । पश्चिम सुर्खेतको बराहताल गाउँपालिका–१०, की लक्ष्मी सारु मगरलाई प्रहरीले सदरमुकाम वीरेन्द्रनगरबाट शुक्रवार बेलुका पक्राउ गरेको हो ।

सुर्खेत जिल्ला अदालतले सारुमगरलाई बहुबिबाह मुद्धामा एक हजार रुपैयाँ नगदसहित एक बर्ष ६ महिना कैद सजाय फैसला गरेको थियो । अदालतको फैसलापछि फरार सारुमगरलाई पक्राउ गरी अदालतमा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपि रामप्रसाद घर्तीमगरले जानकारी दिए । विशेष सूचनाका आधारमा ती महिलालाई पक्राउ गरिएको घर्तीले जानकारी दिए ।

बहुविवाह मुद्धामा फरार महिला पक्राउ

कार्टुन

बहुविवाह मुद्धामा फरार महिला पक्राउ

बाल्यकालमै निजामतिमा नजर

Leave a comment

Your email address will not be published. Required fields are marked *