काबुल विमानस्थलमा विस्फोट गराएको आइएस खोरसानका कमाण्डर मारिएको दाबी

एजेन्सी । अफगानिस्तानमा रहेको इस्लामिक स्टेट समूहविरुद्ध हवाई आक्रमण गरेको र उक्त आक्रमणमा इस्लामिक स्टेट खोरसान (आइएस–के) भन्ने समूहका सदस्यहरूको मृत्यु भएको अमेरिकी सेनाले बताएको छ।

अमेरिकाले नानगहार प्रान्तमा गरिएको सो कारबाहीमा एउटा ड्रोनको प्रयोग गरिएको शनिबार पुष्टि गरेको छ।

यसअघि अमेरिकी सैनिकहरूले काबुल विमानस्थलमा सुरक्षा दिइरहेका समय बिहीबार विमानस्थल नजिकै १७० जनाको ज्यान लिने गरी उक्त समूहले आक्रमण गरेको थियो। काबुल विमानस्थल बाहिर उद्धार पर्खाइमा रहेको महिला, पुरुष र बालबालिकाको भिडमा उक्त आत्मघाती विस्फोट गराएको थियो।

आइएस–केले विमानस्थलमा भएको आक्रमणको जिम्मेवारी लिएको बीबीसीले जनाएको छ। सो समूहले काबुल विमानस्थल बाहिर रहेको महिला, पुरुष र बालबालिकाको भिडमा आत्मघाती विस्फोटन गराएको थियो।

यसैबीच काबुलमा रहेका अमेरिकी अधिकारीहरूले थप आक्रमणहरूलाई ध्यान दिँदै विमानस्थलको प्रमुख क्षेत्रहरूभन्दा परै बस्न नयाँ चेतावनी जारी गरेका छन्।

त्यस्तै, वरिष्ठ तालिबान अधिकारीहरूले उनीहरूले काबुल विमानस्थलको मुख्य भाग नियन्त्रणमा लिएको र अमेरिकीहरू जाने बित्तिकै सम्पूर्ण विमानस्थल कब्जामा लिने बताएका छन्। अमेरिकाले अन्तिम समयसम्म अफगानहरूको उद्धार जारी राख्ने र विमानस्थल अझै पनि आफ्ना फौजको नियन्त्रणमा रहेको बताइरहेको छ।

अमेरिकाले नानगहारमा गरिएको ड्रोन आक्रमणबारे प्राप्त ‘प्रारम्भिक संकेतहरूले’ इस्लामिक स्टेटका सदस्य मारिएको र कुनै पनि गैरसैनिक हताहत नभएको बताएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडनले बिहीवारको आत्मघाती आक्रमणमा संलग्न जिहादीलाई अमेरिकाले नछाड्ने बताएको केही घण्टापछि उक्त कारबाही गरिएको छ।

इस्लामिक स्टेट समूहको एउटा सानो संगठनका रूपमा रहेको उक्त समूह अफगानिस्तानको सबैभन्दा उग्र र हिंसात्मक जिहादी लडाकू समूह हो।

काबुल विमानस्थलमा विस्फोट गराएको आइएस खोरसानका कमाण्डर मारिएको दाबी

सेप्टेम्बर हमलामा ओसामा बिन लादेन संलग्न भएको

काबुल विमानस्थलमा विस्फोट गराएको आइएस खोरसानका कमाण्डर मारिएको दाबी

५० लाख बढीभन्दा डोज स्पुटनिक-भी उत्पादन गरेको

Leave a comment

Your email address will not be published. Required fields are marked *