कोरोनाको नयाँ भेरियन्टको नाम ‘ओमिक्रोन’, चिन्ता थपियो स् डब्ल्यूएचओ

काठमाण्डौ :  विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको नयाँ भेरियन्टले थप चिन्तित बनाएको बताएको छ ।

दक्षिण अफ्रिकामा देखिएको नयाँ भेरियन्ट निकै खतरनाक भएको भन्दै डब्ल्यूएचओले थप चिन्ता थपिएको बताएको बीबीसीले जनाएको छ।

नयाँ भेरियन्टलाई डब्ल्यूएचओले ओमिक्रोनु नाम दिएको छ । दक्षिण अफ्रिकामा गएको बुधवार पुष्टि भएको ओमिक्रोन भेरियन्ट बेल्जियम, हङकङ र इजरायलमा पनि देखिएको छ ।

नयाँ भेरियन्ट देखिएपछि धेरैजसो देशले दक्षिण अफ्रिकासँगको हवाई सम्बन्धविच्छेद गरेका छन् ।

डब्ल्यूएचओले नयाँ भेरियन्टको सङ्क्रमणको प्रभाव बुझ्न अझै केही हप्ता लाग्ने बताएको छ । अमेरिकाका सङ्क्रामक रोग विशेषज्ञ एन्टोनी फाउचीले नयाँ भेरियन्टले थप खतराको सङ्केत गरे पनि यसको समाधान निकाल्न सकिने विश्वास व्यक्त गर्नुभएको छ ।

नयाँ भेरियन्टले सङ्क्रमणदर बढाउने र खोपको प्रभावकारिता कम हुन सक्ने भन्दै वैज्ञानिक चिन्तित बनेको खबरमा उल्लेख छ ।

कोरोनाको नयाँ भेरियन्टको नाम ‘ओमिक्रोन’, चिन्ता थपियो स् डब्ल्यूएचओ

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा

कोरोनाको नयाँ भेरियन्टको नाम ‘ओमिक्रोन’, चिन्ता थपियो स् डब्ल्यूएचओ

एक लाख ९४ हजार अमेरिकी डलरसहित एकजना

Leave a comment

Your email address will not be published. Required fields are marked *