बले र प्रिज्मा अलग बाटोमा


पछिल्लो समय सागर लम्साल बले र प्रिज्मा खतिवडा पुनः चर्चामा छन् । टीकटकबाट उदाएकी प्रिज्मा र भद्रगोल टिभी सिरियलबाट उदाएका बले केही वर्षदेखि प्रेममा रहेको चर्चा थियो । उनीहरुले म्युजिक भिडिओ पनि सँगै गरेका छन् । फागुनमा बिहे गर्ने चर्चा पनि थियो ।

प्रेममा रहेको चर्चा चलेपनि यी दुईले आफूहरु प्रेममा रहेको खबरलाई स्वीकार गरेनन् । यतिबेला भने यी दुई अलग भएको चर्चा चलेको छ । प्रायः सामाजिक संजालमा सँगै देखिने उनीहरु पछिल्लो समय भने एकअर्कासँगको भिडिओ पोस्ट गरेका छैनन् । उनीहरु म्युजिक भिडिओमा पनि सँगै देखिन छाडेका छन् ।

उनीहरु अहिले अलग भएको जनाइएको छ । स्रोतले बिहेको कुरा नमिल्दा सम्बन्धमा दरार आएको दावी गरेको छ । तर, यी दुईजना अहिले पनि आफूहरुको सम्बन्धलाई स्वीकार्न तयार छैनन् । ब्रेकअपको हल्लाबारे सोधिएको जिज्ञासामा प्रिज्माले भनिन्, ‘ब्रेकअप हुन त पहिले रिलेसनमा बसेको हुनुप¥यो नि ।

उहाँसँग को–आर्टिस्टको सम्बन्ध मात्र हो । उहाँ (बले)लाई सँधै सर भनेर बोलाएकी छु। नभएको सम्बन्ध कसरी ब्रेकअप भयो ? म्युजिक भिडिओ आयो भनेर भविष्यमा नगर्ने कुरै छैन ।’

बले र प्रिज्मा अलग बाटोमा

‘निजी वनको उत्पादनलाई बिक्रीमा सहज बनाऊ’

बले र प्रिज्मा अलग बाटोमा

दुर्गममा छैनन् पर्याप्त स्वास्थ्यकमी

Leave a comment

Your email address will not be published. Required fields are marked *