अफगानीलाई मार्न बन्द गर्न अफगान क्रिकेटर खानकाे आग्रह

एजेन्सी । अफगानिस्तानका युवा क्रिकेटर रासिद खानले विश्व समुदायसँग अफगानिस्तानको हिंसा अन्त्यको लागि आग्रह गरेका छन्।

बिहीबार साँझ राजधानी काबुलको हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलअगाडि विस्फोट भएपछि उनले यस्तो बताएका हुन्।

ट्वीटरमार्फत उनले अहिले लेखेका छन्, ‘काबुलमा रगत बगिरहेको छ। कृपया, अफगानीलाई मार्न बन्द गर।’

उक्त विस्फोटमा ज्यान गुमाउनेको संख्या १०३ पुगेको छ। विष्फोटमा १६० जना घाइते भएका छन्।

उक्त विस्फोटपछि विमानस्थलबाट हुने सबै उडान बन्द गरिएको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आतंकवादी संगठन आइएसआइएसको खुरासनले हमला गरेको जनाएको छ।

अफगानीलाई मार्न बन्द गर्न अफगान क्रिकेटर खानकाे आग्रह

कहिलेबाट खुल्छ लाइसेन्स परीक्षा ?, यस्तो छ

अफगानीलाई मार्न बन्द गर्न अफगान क्रिकेटर खानकाे आग्रह

कोरोना उपचारमा प्रयोग गरिएका चार प्रकारका औषधि

Leave a comment

Your email address will not be published. Required fields are marked *