नायिका कर तिर्न गएको भिडियोको चर्चा !

काठमाडौं । कलाकारले कर तिरेको सुन्न बिरलै पाइन्छ । तर अभिनेत्री आँचल शर्मा काठमाडौंको लाजिम्पाटस्थित आन्तरिक राजस्व विभागको कार्यालयमा कर बुझाउन पुगेकी छन् ।

एक कर्मचारीले उनी कर बुझाउन गएको भिडियो खिचेर समेत सामाजिक संजालमा हालेका छन् । जुन अहिले सामाजिक संजालमा चर्चाको बिषय बनेको छ ।

छोटो भिडियोमा आँचललाई कर्मचारीले कार्यालयको सेवा कस्तो लाग्यो भनेर सोधेका छन् । आँचलले आफूलार्ई सेवा राम्रो लागेको हाँस्दै जवाफ दिएकी छन् ।

भिडियो अर्थ मन्त्रालयका उपसचिव कर्ण तिमल्सिनाले सामाजिक संजाल मार्फत शेयर गरेका हुन् । भिडियोमा बिभिन्न टिकाटिप्पणी गरिएको छ ।

उक्त भिडियोमा गगन अविदित कमेन्ट गरेका छन् ‘राम्रो सेवा पाउन सेलिब्रिटी, पहुँचवाला नेता वा त्यहीँका कर्मचारी आफन्त हुनुपर्छ ।’ उनले नेपालका हर सरकारी कार्यालयमा साधारण जनतालाई सास्ती हुने बताएका छन् ।

त्यस्तै शशी भण्डारी नामक प्रयोगकर्ताले प्रश्न गरेकी छन् ‘तपाईंहरुले हाम्रो अड्डा कस्तो लाग्यो र काम कस्तो लाग्यो भनेर अरु सेवाग्राहीलाई पनि सोध्नुहुन्छ कि उहाँलाई मात्रै हो ?’

कतिपयले कोरोना महामारीमा आँचलले मास्क नलगाएको बिषयमा आलोचना गरेका छन् ।

नायिका कर तिर्न गएको भिडियोको चर्चा !

जेबी टुहुरे : एमाले छाडेर, टुहुरै बनेर

नायिका कर तिर्न गएको भिडियोको चर्चा !

कहिलेबाट खुल्छ लाइसेन्स परीक्षा ?, यस्तो छ

Leave a comment

Your email address will not be published. Required fields are marked *