अफगानिस्तान बम विस्फोटमा मर्नेको संख्या ९० पुग्यो

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलको हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलअगाडि बिहीबार साँझ भएको विस्फोटमा ज्यान गुमाउनेको संख्या ९० पुगेको छ। विष्फोटमा १६० जना घाइते भएका छन्।

मृतकको संख्या अझै बढ्न सक्ने आँकलन गरिएको छ। दुई ठूला विस्फोटका घटनामा १३ जना अमेरिकी सैनिकको मृत्यु भएको बिबिसीले जनाएको छ।

घटनापछि विमानस्थलबाट हुने सबै उडान बन्द गरिएको छ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आतंकवादी संगठन आईएसआईएसको खुरासनले हमला गरेको जनाएको छ।

बिहीबार साँझ हमिद कारजाई विमानस्थलको गेटमा पहिलो विस्फोट भएको थियो। त्यसपछि एयरपोर्ट नजिकै ब्यारन होटल क्षेत्रमा विस्फोट भएको थियो। जहाँ बेलायती सैनिक बस्दै आएका थिए।

अफगानिस्तान बम विस्फोटमा मर्नेको संख्या ९० पुग्यो

काबुल विमानस्थलमा आतंकवादी हमला, १३ अमेरिकीसहित ६०

अफगानिस्तान बम विस्फोटमा मर्नेको संख्या ९० पुग्यो

भारतमा अज्ञात समूहले गरे सात ट्रकमा आगजनी,

Leave a comment

Your email address will not be published. Required fields are marked *