काबुल विमानस्थलमा आतंकवादी हमला, १३ अमेरिकीसहित ६० जनाको मृत्यु

एजेन्सी : अफगानिस्तानको राजधानी काबुलको हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल अगाडि बिहीबार साँझ भएको विस्फोटमा ज्यान गुमाउनेको संख्या ६० पुगेको छ। १ सय ६० जना घाइते भएका छन्।

यो संख्या अझै बढ्न सक्ने आँकलन गरिएको छ। दुई ठूला विस्फोटका घटनामा चारजना अमेरिकी सैनिक सहित १३ अमेरिकी नागरिकको पनि मृत्यु भएको बीबीसीले जनाएको छ।

घटनापछि विमानस्थलबाट हुने सबै उडान बन्द गरिएको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आतंकवादी संगठन आईएसआईएसको खुरासनले हमला गरेको जनाएको छ।

बिहीबार साँझ हमिद कारजाई विमानस्थलको गेटमा पहिलो विस्फोट भएको थियो। त्यसपछि एयरपोर्ट नजिकै ब्यारन होटल क्षेत्रमा विस्फोट भएको थियो। जहाँ बेलायती सैनिक बस्दै आएका थिए।

पेन्टागनका अनुसार एयरपोर्ट बाहिर तीन सन्दिग्ध देखिएका थिए। यिनमा दुईजना आत्मघाती आक्रमणकारी थिए। अर्का व्यक्ति भने बन्दुक बोकेर आएका थिए।तालिबानले यसलाई आतंकवादी हमला भनेको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई हमलाबारे जानकारी पुगेको छ। विस्फोटपछि एयरपोर्टमा लगातार गोली चलेको थियो। एक अधिकारीले यस घटनामा कयौँ अफगानी नागरिक मारिएको बताएका छन्।

यसअघि तालिबानले अमेरिकालाई चेतावनी दिँदै ३१ अगस्टसम्म देश छाडिसक्न भनेको थियो। अमेरिकाले पनि तोकिएको समय सीमामा हट्ने बताएको थियो। तर ह्वाइट हाउसले ३१ अगस्टपछि पनि उद्धार अभियान जारी राख्ने बताएको थियो।

काबुल विमानस्थलमा आतंकवादी हमला, १३ अमेरिकीसहित ६० जनाको मृत्यु

जोर्जिन्होले जिते अफ द इयरको उपाधि

काबुल विमानस्थलमा आतंकवादी हमला, १३ अमेरिकीसहित ६० जनाको मृत्यु

अफगानिस्तान बम विस्फोटमा मर्नेको संख्या ९० पुग्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *