जोर्जिन्होले जिते अफ द इयरको उपाधि

एजेन्सी : गत सिजनको युइएफए च्याम्पियन्स लिगको प्लेयर अफ द इयरको उपाधि चेल्सीका जोर्जिन्होले जितेका छन्।
जोर्जिन्होले अन्तिम मनोनयनमा रहेका म्यानचेस्टर सिटीका केभिन डी ब्रुने र चेल्सीका एन्गोलो कान्टेलाई पछि पार्दै गत सिजनको च्याम्पियन्स लिगको उत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन्।
त्यस्तै चेल्सीका कोच थोमास टुचेलले च्याम्पियन्स लिगको बर्षको उत्कृष्ट कोचको अवार्ड जितेका छन्।
त्यस्तै बोरुसिया डोर्टमण्डका फरवार्ड एर्लिंग हल्याण्डले च्याम्पियन्स लिगको उत्कृष्ट फरवार्डको अवार्ड जितेका छन्।
त्यसैगरी च्याम्पियन्स लिगको उत्कृष्ट मिडफिल्डरको अवार्ड चेल्सीका एन्गोलो कान्टेले जितेका छन् भने बर्षको उत्कृष्ट डिफेन्डरको अवार्ड म्यानचेस्टर सिटीका रुबेन डियाजले जिते।
त्यस्तै च्याम्पियन्स लिगको बर्षको उत्कृष्ट गोलकिपरको अवार्ड चेल्सीका गोलकिपर एडुउआर्ड मण्डीले जिते।






