नेपाल-भारत मैत्रीपूर्ण फुटबलको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजनले गर्ने

काठमाडौं : नेपाल र भारतबीचको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको प्रत्यक्ष प्रसारणको अधिकार एडप्याडले पाएको छ।

यसै महिनामा हुने उक्त खेलको प्रत्यक्ष प्रसारणको अधिकार नेपाल फुटबल सङ्घ (एन्फा) ले एडप्याडलाई बिक्री गरेको हो।

एन्फाका महासचिव इन्द्रमान तुलाधर र एडप्याडका प्रबन्ध निर्देशक सुरज गिरीले सातदोबाटोस्थित एन्फा मुख्यालयमा हिजो आयोजित कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गरे।

एडप्याडलाई रु २५ लाख १० हजारमा प्रत्यक्ष प्रसारणको अधिकार बिक्री गरेको एन्फाले जनाएको छ। एडप्याडका प्रबन्ध निर्देशक गिरीका अनुसार अब यस खेलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्नेछ।

नेपाली राष्ट्रिय फुटबल टोलीले भारतसँग यही भदौ १७ र २० गते गरी दुई खेल खेल्दैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ। दुवै मैत्रीपूर्ण खेल दर्शकविना नै गर्ने योजना रहेको एन्फाले जनाएको छ।

आगामी असोजमा माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतबीच दुई मैत्रीपूर्ण खेल हुन लागेको हो।

नेपाल-भारत मैत्रीपूर्ण फुटबलको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजनले गर्ने

भारतविरुद्ध इंग्ल्यान्डको दबाब

नेपाल-भारत मैत्रीपूर्ण फुटबलको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजनले गर्ने

जोर्जिन्होले जिते अफ द इयरको उपाधि

Leave a comment

Your email address will not be published. Required fields are marked *