जामुने बजार आसपासका बस्तिमा पुस्तेनि खानेपानीको समस्या सल्टियाे

दुर्गा विसि

सल्यान । सुर्खेतको सिम्ता गाउँपालिकाले जामुने बजारमा सार्वजनिक धारा मुक्त अभियानकाे काम सम्पन्न भएको जनाएको छ । खानेपानीकाे काम सम्पन्नता भए पछि सार्वजनिक सुनुवाइ गर्दै खर्च र आम्दानिकाे फेरिस्ता सार्वजनिक गरिएको थियो ।
गाउँपालिकाकाे प्रमुख व्यापारीक केन्द्र जामुने वजार र आसपासका वस्तिमा सयौ वर्ष देखिकाे खानेपानी समस्या वल्ल सल्टिएको छ ।घरमै खानेपानी धार सञ्चालन भए पछि गाउँपालिका अध्यक्ष केसि प्रती स्थानीय निकै खुसि बनेका छन् । विभिन्न निकाय माझकाे साझेदारीमा गाउँपालिकाकाे समन्वय र आर्थिक सहयोगमा उक्त याेजना सम्पन्न भएको हाे ।
सिम्ता गाउँपालिकाकाे सबैभन्दा ठुलाे खानेपानी आयाेजना हेल्भेटासकाे आर्थिक सहयोगमा समाज जागरण केन्द्र स्याक नेपालकाे सहजीकरण र गाउँपालिकाकाेे साझेदारीमा जम्मा लागत १ करोड ४० लाखमा निर्माण भएको जामुने बजार, चौर, सुन्दर बस्ती, दमेना र भालुमारे गरि ५ सय १६ घरधुरी स्वच्छ सफा पिउने पानीकाे घर घरमा धारा निर्माण भएको छ।
गाउँपालिकाकाे ३८ लाख,जिल्ला खानेपानी र बाँकी १ कराेड वढि रकम हेल्भटासकाे रहेको छ । हेल्भटास संस्था र गाउँपालिकाकाे साझेदारीमा शुद्ध लिप्ट खानेपानी आयाेजनाकाे काम सम्पन्नता भएको छ । जसको सामाजिक लेखापरीक्षण र पहिलो साधारण सभा आज सम्पन्न भएको छ।
कार्यक्रम अध्यक्षता उपभाेक्ता समितिका अध्यक्ष लक्ष्मी रेग्मी र गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीको प्रमुख आतिथ्य र स्याक नेपालका अध्यक्ष मिना तिवारी शर्मा,कार्यकारी निर्देशक टिकाराम आचार्या र चवानसि रानाकाे विषेश उपस्थित रहेको थियो भने कार्यक्रम सञ्चालन रमेश याेगिले गर्नुभएको थियो ।

कार्यक्रममा याेजना सम्पन्न गर्न अतुलनीय याेगदान गर्नुभएको स्याक नेपालका सहकर्ता रमेश याेगी र माधव आचार्यालाई गाउँपालिका ससम्मान प्रमाणपत्र सहित धन्यवाद ज्ञापन गरिएको थियो । करिब १ लाख घनलिटर क्षमताकाे टंयाकी जामुने बजार माथिल्लो डाँडामा गाेजिवजारबाट लिप्ट गरिएको छ ।
यश पानिकाे निकै समस्या रहेको वस्तिमा हाल खानेपानीको सुविधा पुगेको छ । एक गाग्री खानेपानीकाे लागि घण्टौ कुर्नुपर्ने झमेला अब भने मुक्त भएको छ ।सिम्तामा एक घर एक खानेपानी धाराले सार्थकता पाउन थालेको छ । जनश्रमदान, गाउँपालिका, हेल्भटासकाे साझेदारीमा झण्डै २ करोडकाे बराबरिमा उक्त आयाेजनाकाे काम भएको सम्पन्न भएको जनाएको छ ।






