प्रहरी जवानविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । सुनसरीको ईलाका प्रहरी कार्यालय, सितागञ्जमा कार्यरत प्रहरी जवान कासिन्दर यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मद्दा दायर गरेको छ ।
कार्यालयमा परेको उजुरी मिलाई दिने भन्दै सेवाग्राहीसँग घुसवाफत लिएको ६० हजार रुपैयाँसहित पक्राउ परेका यादवविरुद्ध अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
प्रहरी जवान यादवलाई अख्तियारको टोलीले ६० हजार रकमसहित गत चैत्र २६ गते नियन्त्रणमा लिएको थियो । यादवले हिरासतमा रहेको व्यक्तिलाई छुटाई दिन्छु भन्दै सेवाग्राहीसँग ६० हजार घुस लिएको खुलेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।






