२०८३ मंसिर ११ गते
वीरेन्द्रनगर, सुर्खेत 16°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

गायिका अन्जु पन्तले गरिन दोश्रो बिवाह

१४ फागुन,

एक सयभन्दा बढी नेपाली फिल्मका गीतमा आवाज भरिसकेकी गायिका अञ्जु पन्त विवाह बन्धनमा बाँधिएकी छन् । उनले बुधवार प्रेमी थिर कोइरालासँग बिहे गरेकी हुन् । अञ्जु र थिर करीब एक वर्षदेखि प्रेम सम्बन्धमा थिए । 

बुधबार उनीहरुले ललितपुरको पाटनस्थित एक चर्चमा बिहे गरेका हुन् । दुवैले क्रिस्चियन धर्ममा आस्था राख्ने भएकाले चर्चमा बिहे गरेको बुझिएको छ ।उनीहरुको बिहे समारोहमा सीमित आफन्तहरुको मात्र सहभागिता रहेको थियो ।

गायिका पन्तको एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स भएको थियो । यसपछि छोरी परितोशिकासँग बस्दै आएकी अञ्जुले केही महिना अगाडि विभिन्न अन्तर्वाताहरुमा छोरीले विवाहका लागि दबाब दिइरहेको बताएकी थिइन् ।प्रवण दिवसको छेकोमा अञ्जु र थीरले प्रेम सार्वजनिक गरेका थिए।

उनीहरुले यस वर्षको माघमै बिहे गर्ने योजना भएपनि विविध कारणले सो मितिमा बिहे हुन सकेको थिएन । एक अन्तर्वार्ताको क्रममा थिरसँग अञ्जुको भेट भएको थियो । यसपछि उनीहरु एकअर्कासँग नजिक भएका थिए । थिरले अञ्जुले गाएका केही गीतमा शब्द समेत कोरेका छन् ।

गायिका अन्जु पन्तले गरिन दोश्रो बिवाह

नेकपा विवाद नटुंगिएसम्म सहकार्य नगर्ने कांग्रेसको निर्णय

गायिका अन्जु पन्तले गरिन दोश्रो बिवाह

माटोको डिजिटल नक्सा तयार गर्ने एसियामै पहिलो

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!