घुँयत्राे : काँ पुर्याउँछम् भनेर काँधाँ बोकेर हिँडेका एमाले माधवका दोस्रो पुस्ताका नेताले माधवलाई काँ लएर छोडे हगी !

काँ पुर्याउँछम् भनेर काँधाँ बोकेर हिँडेका एमाले माधवका दोस्रो पुस्ताका नेताले माधवलाई काँ लएर छोडे हगी ! नेतारु छन् तनी यिनको साथाँ हिँछि कससो गन्तब्याँ नपुग्गेला भनेर ओलीसित मन फाटो गराएर हिँडेका माधवलाई मैदानाँ छोडेर ३७ जना कमरेडहरु जसरी भागे यसले नेपाली राजनीज्ञहरुमा विश्वास र ईमान्दारिता पटक्कै छैन भन्ने देखाएको छ ।

ओलीबाको निरंकुशताविरुद्ध लड्नभ नेर कस्सिएका माधव नेपाल अब बचेखुचेका कार्यकर्ता लिएर निर्वाचन आयोग जान त जालान् । र उनको नाममा पार्टी पनि दर्ता होला । तर माओवादीसित पार्टी एकीकरण भएर नजाने बेलासम्म पार्टीको अवस्था चाँही नाजुकै हुन्छ जस्तो छ ।

त्यसो त अहिले संयुक्त सरकार चलाइरहेका दलहरुले चुनाव सम्मनी एकता कायमै राखेर जाने भनेसी चुनावी परिणाम त्यति कमजोर नहोला भन्ने अनुमान धेरैको छ ।

त्यसो त भइरहेको पार्टी र त्यसको चुनाव चिन्हका बारेमा सामान्य जनतामा त्यति बहस गर्न पर्दैन । तर नयाँ पार्टीका लागि नयाँ चुनाव चिन्ह जनताको दिमागमा बसाउन गाह्रोपर्छ । त्यसैले त होला आजसम्म अलमलमै बसेका र कसैको बैठकाँ नगा बामदेव कमरेडसमेत नयाँ पार्टीसित डराएर हैन है, म त ओलीकै पक्षाँछु अन्त कतै गाछैन भनेर स्पष्टिकरण दिँदै ओलीबाकाँ हाँजिर लाउन पुगिसके ।

सबैले दुख्ख पर्दा साथ नदिने अहिले आएर टाँस्सिने भनेर ओलीबाले नि बामदेवलाई त्यत्ति महत्वदेको जस्तो देखिन्न । माधव नेपालकाविरुद्ध जेहाद छेडेर पार्टीयाँ भाका नेतालाई छानीछानी तह लाउने दाउमा लाका ओलीबाले यो पटक धेरैलाई भित्रभित्रै तह लाउने खेलमा लाग्याजस्तो देखिँदैछ ।

त्यसैले कमरेडहरु तपाइँहरुले माधवलाई धोका दिन पाकोमा आँफुलाई जति आत्मगौरब गर्नु भाछ र पार्टीको मुलधारमा रहेर ठुलै बाजी मारिम् भन्नूभाछ ।

भोलिका दिनाँ पार्टीयाँ पद विभाजन र ठाउँ दिने अनि चुनाबाँ टिकट दिने कुरा आउँदा जब तपाइँहरु फुस्टा प्रमाणित हुनुहुन्छ त्योबेला माधव नेपालसितका दिन सम्झेर रुपर्ने हुन सक्छ । पार्टी मिलाउने नाममा कमिटी बनाउने र त्यही कमिटिबाटै ओलीबातिर फालहाल्न जुन सरल र बठ्याइँको बाटो समाउन सफल भा महसुस तपाइँहरले गर्नुभाछ ।

तर तपाइँहरुका विरुद्धमा ओलीबाले अरु मान्छे खडा गरेर तपाइँहरुलाई लखेटने जुन प्लान बनाउनु भाछ त्यसको रहस्य नखुल्दासम्म त तपाइँहरु गरी खानु होला । जब पोल खुल्दै जान्छन्, त्योबेला के गर्ने हो त्यता पनि सोच्नु होला । माकुनेलाई वाईवाई ओलीबालाई हाई गर्ने रणनीति सफल भाकोमा कसरी भन्लान् र तपाइँहरकै साथमा रहेका कार्यकर्ताले तपाइँहरलाई बधाई ।

वेदर्षि

घुँयत्राे : काँ पुर्याउँछम् भनेर काँधाँ बोकेर हिँडेका एमाले माधवका दोस्रो पुस्ताका नेताले माधवलाई काँ लएर छोडे हगी !

दैलेखका स्थानीय तहमा बेरुजुकाे चाङ : धिरबहादुर

Leave a comment

Your email address will not be published. Required fields are marked *