दैलेखका स्थानीय तहमा बेरुजुकाे चाङ : धिरबहादुर शाही अध्यक्ष रहेकाे ठाटीकाँध गाउँपालिकामा सबैभन्दा बढि बेरुजु

सुर्खेत । महालेखा परीक्षकको अन्ठाउन्नौं बार्षीक प्रतिवेदन–२०७८ अनुसार दैलेखका स्थानीय तहमा झण्डै ४६ करोड रुपैयाँ बेरुजु देखिएको छ । जिल्लाका ४ नगरपालिका र ७ गाउँपालिकामा ४६ करोड १५ लाख रुपैयाँ रुपैयाँ बेरुजु निस्किएको हो ।

जिल्लाको ११ स्थानीय तह मध्ये सबै भन्दा बढि ठाटीकाँध गाउँपालिकामा बेरुजु देखिएको छ । १ अर्ब २५ करोड ७३ लाख ३८ हजार रुपैयाँको लेखापरीक्षण गराएको ठाटीकाँधमा १० करोड १३ लाख २५ हजार रुपैयाँ बेरुजु निस्किएको छ ।

भगवतीमाई गाउँपालिकाको ९६ करोड १७ लाख ६३ हजार रुपैयाँको लेखापरीक्षण गरिएकोमा कुल बजेटको १.९० प्रतिशत अर्थात १ करोड ८३ लाख १७ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

यस्तै आठबीस नगरपालिकामा कुल बजेटको ३.२८ प्रतिशत अर्थात २ करोड ६८ लाख ६७ हजार रुपैयाँ बेरुजु देखिएको छ । नगरपालिकाले ८१ करोड ९३ लाख दुई हजार रुपैयाँको लेखापरीक्षण गरिएको थियो ।

गुराँस गाउँपालिकाले लेखापरीक्षण गराएको ८९ करोड ५ लाख ३८ हजार रुपैयाँमा ५ करोड ४४ लाख १९ हजार रुपैयाँ बेरुजु देखिएको छ । यो लेखापरीक्षण गरिएको कुल बजेटको ६.२२ प्रतिशत हो ।

चामुण्डाविन्द्रासैनी नगरपालिकाले लेखापरीक्षण गराएको ९४ करोड ५६ लाख २९ हजार रुपैयाँमा २ करोड ६८ लाख ६३ हजार रुपैयाँ बेरुजु निस्किएको छ । यो लेखापरीक्षण गरिएको कुल बजेटको २.८४ प्रतिशत हो ।

७४ करोड ४५ लाख ५ हजार रुपैयाँको लेखापरीक्षण गराएको डुङ्गेश्वर गाउँपालिकामा २ करोड ९१ लाख ९३ हजार रुपैयाँ बेरुजु देखिएको छ । यो लेखापरीक्षण गरिएको कुल बजेटको ३.३८ प्रतिशत हो ।

१ अर्ब ५० करोड ५३ लाख ५३ हजार रुपैयाँको लेखापरीक्षण गराएको दुल्लु नगरपालिकामा लेखापरीक्षण गरिएको कुल बजेटको २.९३ प्रतिशत अर्थात ४ करोड ४० लाख ७० हजार रुपैयाँ बेरुजु निस्किएको छ ।

नारायण नगरपालिकाले लेखापरीक्षण गराएको १ अर्ब ११ करोड ८६ लाख २० हजार रुपैयाँमा ४ करोड २७ लाख ३ हजार रुपैयाँ बेरुजु देखिएको छ । यो लेखापरीक्षण गरिएको कुल बजेटको ३.८२ प्रतिशत हो ।

यस्तै नौमूले गाउँपालिकामा ३ करोड ४६ लाख १६ हजार, महाबु गाउँपालिकामा ३ करोड २६ लाख ८५ हजार र भैरबी गाउँपालिकामा ३ करोड ९५ लाख २२ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

नौमूलेले ७८ करोड ७८ लाख ५३ हजार, महाबुले ७९ करोड २ लाख १ हजार र भैरबीले ८५ करोड ९६ लाख १९ हजार रुपैयाँको लेखा परीक्षण गराएका थिए । बेरुजु रकम नौमूलेमा लेखापरीक्षण गरिएको कुल बजेटको ४.३९ प्रतिशत, महाबुमा ४.१४ प्रतिशत र भैरबीमा ४.६० प्रतिशत हो । सुशासन खबर

दैलेखका स्थानीय तहमा बेरुजुकाे चाङ : धिरबहादुर शाही अध्यक्ष रहेकाे ठाटीकाँध गाउँपालिकामा सबैभन्दा बढि बेरुजु

एमाले छाडेका नेता तथा कार्यकर्तालाई फर्किन ओलीको

दैलेखका स्थानीय तहमा बेरुजुकाे चाङ : धिरबहादुर शाही अध्यक्ष रहेकाे ठाटीकाँध गाउँपालिकामा सबैभन्दा बढि बेरुजु

घुँयत्राे : काँ पुर्याउँछम् भनेर काँधाँ बोकेर

Leave a comment

Your email address will not be published. Required fields are marked *