सनाखतका लागि लोकतान्त्रिक समाजवादी पार्टीका नेता आयोगमा

काठमाडौं : प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु निर्वाचन आयोग पुगेका छन्। नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारीलगायतका नेताहरु आयोगको कार्यालय पुगेका हुन्।

आयोग परिसरमा कुरा गर्दै नेता महतोले जनता समाजवादी पार्टीका तर्फबाट १७ जना कार्यकारिणी समिति सदस्य र रेशम चौधरीसहित १५ जना सांसद आफ्नो पार्टीमा आएको बताए।

माधव नेपाल पक्षको सनाखत सकिएपछि ठाकुर नेतृत्वको पार्टीको सनाखत शुरु हुने आयोगले जनाएको छ। आयोगले दुबै दललाई सनाखत गराएपछि प्रमाण पुगेमा आजै दल दर्ताको प्रमाणपत्र दिने तयारी गरेको प्रवक्ता श्रेष्ठले बताए।

माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले नयाँ दल दर्ताका लागि भदौ २ गते आयोगमा निवेदन दिएका थिए।

सरकारले दल विभाजनका लागि सहज हुनेगरी अध्यादेश ल्याएपछि दुबै दललाई नयाँ पार्टी गठनका लागि बाटो खुलेको हो।

सनाखतका लागि लोकतान्त्रिक समाजवादी पार्टीका नेता आयोगमा

YUGAAWHAN NATIONAL DAILY (2078-05-09)

Leave a comment

Your email address will not be published. Required fields are marked *