पेशागत महासंघको कर्णाली अध्यक्षमा शाही

सुर्खेत, १३ फागुन ।
कर्णाली प्रदेशका १० वटै जिल्लाका विभिन्न पेशाकर्मीहरुको सहभागितामा बृहत भेला विहिबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । शिक्षक संगठन, कर्मचारी संगठन, इन्जिनियर एसोशियसन, स्वास्थ्यकर्मी संघ, वन प्राविधिक संघ लगायत २७ वटा पेशागत संघ संगठनको छाता संस्था पेशागत महासंघ नेपालको प्रदेश भेला सम्पन्न भएको हो ।

भेलाले सम्पूर्ण पेशाकर्मीहरुको छाता संगठन पेशागत महासंघ नेपाल कर्णाली प्रदेश कमिटी गठन गरिएको छ । राम बहादुर शाहीको अध्यक्षतामा ३५ सदस्यीय प्रदेश कमिटी गठन गरिएको हो । कमिटीको सचिवमा महेन्द्र प्रसाद न्यौपाने, सदस्यहरुमा भुमिसरा चपाई, मान बहादुर शाही, गणेशमान पुन, मान बहादुर थापा, देउलासिं ठकुरी, पर्सुराम ओली, धुमप्रसाद देवकोटा, मणिराज जैसी, चन्द्राखर सन्ज्याल, माधुरी न्यौपाने, प्रकाश खड्का, कृष्ण विसी, हरिदत्त न्यौपाने, दिप प्रसाद ज्ञावली चयन हुनुभएको छ ।

त्यसैगरी प्रदेश कमिटी सदस्य नविन कुमार पाण्डे, मधु वस्नेत, विर्ख रावल, सविता कटुवाल, दिलिप न्यौपाने, अनिताचन्द्र शाही, सिता शर्मा, धन बहादुर खत्री, मेघराज खत्री, नेत्र वस्नेत, गंग बहादुर रोकाय, देविराम आचार्य, चन्द्र बहादुर विष्ट, सैलेश शर्मा, प्रदिप पोख्रेल, भोज प्रसाद चपाई चयन हुनुभएको छ ।

पेशागत महासंघका केन्द्रीय अध्यक्ष बाबुराम थापाको अध्यक्षता र नेपाल कम्यूनिष्ट पार्टी नेकपा कर्णाली प्रदेश सहइन्चार्ज यामलाल कँडेलको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन शंकर भट्टराईले गर्नुभएको थियो ।

कार्यक्रममा पेशागत महासंघका महासचिव हंश बहादुर शाही, प्रदेश कमिटी संयोजक डोर प्रसाद उपाध्याय, सहसंयोजक शिवप्रसाद सापकोटा, नेपाल निजामती कर्मचारी संगठन अनुशासन आयोगका केन्द्रीय संयोजक प्रयागराज शर्मा, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष इला मल्ल शाही, शिक्षक महासंघका पूर्व केन्द्रीय सचिव धनसिंह खड्का लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

पेशागत महासंघको कर्णाली अध्यक्षमा शाही

वीरेन्द्रनगरमा बढ्दो सहरीकरण : खेतीयोग्य जमिन विनाको

पेशागत महासंघको कर्णाली अध्यक्षमा शाही

रहर लाहुरे बन्ने थियो तर उनी शिक्षक

Leave a comment

Your email address will not be published. Required fields are marked *