जडिबुटी लिँदै गरेका दुई ट्रक प्रहरी नियन्त्रणमा

दुर्गा विसि
सल्लीबजार, १३ फागुन ।
सल्यानको सल्लिवजारमा जाजरकोटबाट जडिबुटी वोकेर जाँदै गरेका दुई ट्रक नियन्त्रणमा लिएको छ । ना ४ ख ६४१३ र ना ८ ख ५४३ नम्बरका दुई ट्रक नियन्त्रणमा लिइ अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी गोविन्द थापाले जानकारी दिनुभएको छ । पासवेत, कालिकाठको दाना, वोजोको जरा, पदमचाल, टिमुर, तेजपता लगायतका बहुमुल्य जडिबुटी फेला परेको छ ।
प्रहरीले गहिरो अनुसन्धान गरिरहेको छ । दुई ट्रक सहित ठेकेदार राम प्रसाद चौलागाईंलाइ समेत नियन्त्रणमा लिएको छ । पुर्जीमा एउटा परिणाम देखाएर अरु परिमाणका जडिबुटी रहेको आशंकामा ट्रक नियन्त्रणमा लिएको छ । पुन तौल र पुर्जीमा भएको जडिबुटी र नभएका जडिबुटीहरुको एकिन भैरहेको छ ।
ईलाका प्रहरी कार्यालयको सहयोगमा ईलाका बन कार्यालय सल्लिले उक्त कार्य गरिरहेको छ भने सोही विषयलाई लिए केही दिन अघि मात्रै सल्लीमा सरुवा भैई आउनु भएका ईलाका इन्चार्ज देउवहादुर चन्दलाई समेत अनुसन्धानका लागि जिल्ला तानिएको बताइएको । फ्तिलो चेकजाँचका कारण छलि गरेर सल्लिबजार नाकाबाट जडिबुटी, काठ र अन्य थुप्रै चिजहरु सधैं पैठारी हुने गरेको छ ।







