पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन नेविसंघको माग

काठमाडौं : सत्तारुढ दलकै विद्यार्थी संगठन नेविसंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ।

नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले विज्ञप्ति जारी गर्दै मुल्यवृद्धि फिर्ता लिन माग गरेका हुन्। ’कोरोना भाइरसको महामारी र त्यसको प्रत्यक्ष असरबाट प्रभावित उपभोक्तालाई थप पीडा दिने गरि नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति घोर भत्र्सना गर्दछु,’ विज्ञप्तिमा लेखिएको छ।

यस्तै अखिल (क्रान्तिकारी) ले पनि पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गरेको छ। क्रान्तिकारीका तर्फबाट अध्यक्ष हरिकृष्ण गजुरेलले आज जारी गरेको विज्ञप्तिमा मूल्यवृद्धि अविलम्ब फिर्ता लिन नेपाल सरकार, नेपाल आयल निगम र सम्बन्धित निकायसँग आग्रह गरिएको छ। अन्यथा मूल्यवृद्धि विरुद्ध सशक्त सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनी पनि दिइएको छ।

नेपाल आयल निगमले गए रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धन (आन्तरिक तर्फ) मा प्रतिलिटर २÷२ रुपैयाँ, हवाइ इन्धन (अन्तर्राष्ट्रियतर्फ) मा १६ अमेरिकी डलर प्रति किलोलिटर र खाना पकाउने एल.पी. ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले मूल्य बढाएको थियो।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन नेविसंघको माग

ओमान उड्यो नेपाली क्रिकेट टिम

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन नेविसंघको माग

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गराउन

Leave a comment

Your email address will not be published. Required fields are marked *