ओमान उड्यो नेपाली क्रिकेट टिम

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिम ओमान प्रस्थान गरेको छ। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिम ओमान गएको हो। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टिम सलाम एयरबाट ओमान प्रस्थान गरेको हो।

ओमान भ्रमणका लागि क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा यसअघि नै १७ सदस्यीय टिमको घोषणा गरिसकेको छ। त्रिकोणात्मक सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म आयोजना हुनेछ । सिरिज अघि नेपालले पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेल खेल्नेछ।

यस अघि लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ। जसमा नेपालले अमेरिकालाई दुई खेलमा हराएको थियो भने ओमानसँग दुबै खेलमा पराजित भएको थियो। लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ।

ओमान उड्यो नेपाली क्रिकेट टिम

लेस्टरमाथि वेस्ट ह्यामको प्रभावशाली जित

Leave a comment

Your email address will not be published. Required fields are marked *