लेस्टरमाथि वेस्ट ह्यामको प्रभावशाली जित

एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी पराजित भएको छ। गएराति भएको खेलमा १० खेलाडीमा सिमित लेस्टर वेस्ट ह्याम युनाईटेडसँग ४-१ गोल अन्तरले पराजित भएको हो।

वेस्ट ह्यामलाई जित दिलाउन माइकल एन्टोनियोले दुई गोल गरे। यस्तै पाब्लो फोर्नल्स र साइद बेन्रह्माले एक एक गोल गरे। लेस्टरका युरी टेलीमन्सले एक गोल फर्काए।

वेस्ट ह्यामको यो लगातार दोस्रो जित हो। जितसँगै वेस्ट ह्याम शीर्ष स्थानमा उक्लिएको छ। वेस्ट ह्यामले २ खेलमा ६ अंक जोडेको छ।

लेस्टरको यो पहिलो हार हो। लेस्टरले २ खेलमा ३ अंक जोडेको छ।

लेस्टरमाथि वेस्ट ह्यामको प्रभावशाली जित

नेपाली क्रिकेट टिम आज ओमान जाँदै

लेस्टरमाथि वेस्ट ह्यामको प्रभावशाली जित

ओमान उड्यो नेपाली क्रिकेट टिम

Leave a comment

Your email address will not be published. Required fields are marked *