नेपाली क्रिकेट टिम आज ओमान जाँदै

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिम आज ओमान प्रस्थान गर्दै छन्। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिम ओमान जान लागेको हो।

नेपाली टिम आज बिहान ८ बजे सलाम एयरबाट ओमान प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। ओमान भ्रमणका लागि क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टिमको घोषणा गरिसकेको छ। बलर गुलशन झा पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन्।

नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म आयोजना हुनेछ। खेल तालिका सार्वजनिक भएको छैन। सिरिज अघि नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग दुई एकदिवसीय खेल खेल्नेछ। नेपालले पीएनजीसँग पहिलो खेल सेप्टेम्बर ५ र दोस्रो खेल सेप्टेम्बर ८ (भदौ २० र २३) मा खेल्ने क्यानले जनाएको छ।

यस अघि लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ। जसमा नेपालले अमेरिकालाई दुई खेलमा हराएको थियो भने ओमानसँग दुबै खेलमा पराजित भएको थियो। लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ।

नेपाली क्रिकेट टिम आज ओमान जाँदै

मौसम सुधार हुन अझै केही दिन लाग्ने

नेपाली क्रिकेट टिम आज ओमान जाँदै

लेस्टरमाथि वेस्ट ह्यामको प्रभावशाली जित

Leave a comment

Your email address will not be published. Required fields are marked *