मौसम सुधार हुन अझै केही दिन लाग्ने

काठमाडौं : मनसुनी वायुका कारण मौसममा सुधार हुन अझै केही दिन लाग्ने भएको छ। बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुनी गतिविधि अझै सक्रिय रहेको हो।

जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् बरुण पौडेलले भने‚ ‘अहिलेको अवस्थालाई हेर्दा मौसममा सुधार हुने देखिएको छैन। बुधबारदेखि मनसुन थप सक्रिय हुने सम्भावना छ।’

शुक्रबारसम्म देशका धेरैजसो स्थानमा बदली रहनाका साथै हल्कादेखि मध्यम खालको वर्षा हुने र केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ। त्यस अवधिमा दिउँसोभन्दा राति र बिहान पानी धेरै पर्ने बताइएको छ।

हाल देभभर सामान्य बदली रही प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरेहको र वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलब छ डिग्री र अधिकतम तापक्रम २४ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ। त्यस्तै‚ आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव पाँच डिग्री र सबैभन्दा धेरै धनगढीको अधिकतम तापक्रम ३३ दशमलव सात डिग्री सेल्सियस रहेको छ।

मौसम सुधार हुन अझै केही दिन लाग्ने

कम्युनिष्ट विसर्जन रोक्न नयाँ पार्टी : एकीकृत

मौसम सुधार हुन अझै केही दिन लाग्ने

नेपाली क्रिकेट टिम आज ओमान जाँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *