सिम्ता गाउँपालिकाले विद्यालय कर्मचारीहरुकाे तलवमा ७ हजार थप

दुर्गा विसि  
                                                              सिम्ता गाउँपालिका सुर्खेतले विद्यालय कर्मचारीको विषयमा संघीय सरकारले परिपत्र तथा निर्देशन गरेको कुरालाई पालन गरेको छ । स्थानीय तहलाई दिएको जिम्मेवारी अनुसार ७ हजार तलव थप्ने सिम्ता गाउँपालिका सुर्खेतका अध्यक्ष कविन्द्र कुमार केसिले वताए ।                                   निकै कम ज्यालामा काम गर्दै आएका विद्यालयका कार्यालय सहयोगी,विद्यालय कर्मचारी लेखाकाे जिम्मेवार पाएका कर्मचारी र वालविकास शिशु कक्षा पढाउने शिक्षिकालाइ गाउँपालिकाकाे तर्फबाट ७ हजार थप्ने जनाएको छ ।हाल अाएर ४ हजार ५ सय,७ हजार ५ सय,६ हजार र ११ हजारमा ५ सयमा उनिहरुले यश अघि कामकाज गर्दै आएका थिए ।                                            विद्यालय कर्मचारीका विषयमा संघिय सरकारले पनि प्रष्ट कुरा वाहिर नल्याई पनि उसले भनेअनुसार स्थानीय तहकाे थाप्लोमा फालेको व्यभार धान्न समस्या भए पनि न्यून तलवमानमा काम गरिरहेका विद्यालय कर्मचारी प्रती निकै उद्दार भैइ वजेटमा व्यवस्थापन गरिएको प्रमुख प्रशासकिय अधिकृत टाेपवहादुर रानाको भनाइ रहेको छ ।                                                                                   संघीय सरकारले ८ हजार ताेकेकाे छ भने स्थानीय तहको जिम्मामा ७ हजार थुपार्ने काम गरेको छ ।एउटै व्यक्तिको तलव दुई स्थानबाट वजेट व्यवस्थापन हुने प्रक्रियानै त्रुटिपूर्ण भएको स्थानीय तहहरुकाे दुखेसो रहेको छ ।                             हाल यतिखेर पनि विद्यालय कर्मचारीको विषयमा शिक्षक महासंघले शसक्त भुमिका नखेलेकाे उनिहरुकाे दुखेसो छ ।यश अघि पनि सिम्ताले न्यून ज्यालादारीमा काम गरिरहेका विद्यालय कर्मचारीहरुकाे लागि मासिक दुई हजार थपेको थियोे । यतिखेर पनि केन्द्र सरकार पंक्षिय पनि केही स्थानीय सरकारले भने जिम्मेवारि वाेध गरेका छन् ।केन्द्र सरकारकाे परिपत्रलाई अक्षरस पालन गरेको जनाएको छ ।

सिम्ता गाउँपालिकाले विद्यालय कर्मचारीहरुकाे तलवमा ७ हजार थप

चौकुनेकाे बजेट ४८ करोड ७५ लाख ७०

सिम्ता गाउँपालिकाले विद्यालय कर्मचारीहरुकाे तलवमा ७ हजार थप

YUGAAWHAN NATIONAL DAILY (2078-03-11)

Leave a comment

Your email address will not be published. Required fields are marked *