२०८३ आश्विन १७ गते
×

Now Playing

एक अर्ब बढी भ्रष्टाचार गरेको आरोपमा राजश्व विभागका महानिर्देशक चुडामणि शर्मासहित तीन जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

शर्मासहित कर फर्छ्यौट आयोग, २०७१ का अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।

उनीहरुमाथि एक अर्ब तेत्तीस लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा सोही बराबरको बिगो दाबी गरिएको छ । उनीहरुले करदाताहरूसँग बदनियतपूर्वक कर फर्छ्यौट सम्झौता गरी सरकारलाई प्राप्त हुने ठूलो मात्राको राजश्व चुहावट गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ।

‘करदाताहरूको बिभिन्न कर शीर्षकमा कर बक्यौता रहेकोमा कर फर्छ्यौट आयोगका पदाधिकारीहरूले आपसी कुराकानीलाई मात्र आधार लिई कर छुट दिने गरी सम्झौता गरी मनोमानी किसिमले बदनियतपूर्वक रु एक अर्ब तेत्तीस लाख बीस हजार तीन सय पचासी रुपैयाँ बक्यौता कर छुट दिएको पुष्टि हुन आयो ।’

आयोगले विज्ञप्तीमा उल्लेख गरेको छ । उनीहरुलाई भ्रष्टाचार निवारण ऐन बमोजिम कैद र जरिवानाको समेत माग गरिएको छ।

एक अर्ब बढी भ्रष्टाचार गरेको आरोपमा राजश्व विभागका महानिर्देशक चुडामणि शर्मासहित तीन जनाविरुद्ध मुद्दा

क्लासी लुक्समा ‘ड्रिम गर्ल’ नुसरत

एक अर्ब बढी भ्रष्टाचार गरेको आरोपमा राजश्व विभागका महानिर्देशक चुडामणि शर्मासहित तीन जनाविरुद्ध मुद्दा

‘को होला त्यो’मा पल र प्रकृतिको रोमान्स

Leave a comment

Your email address will not be published. Required fields are marked *