बाफिकोट गाउँपालिका-३ काे वडासभा सम्पन्न

प्रचण्ड खत्री

रुकुमपश्चिम । रुकुमपश्चिमको बाफिकोट गाउँपालिका- ३ को पाचौं वडासभा सम्पन्न भएको छ । पाचौं वडा सभाले विशेष गरि किसानलाई विभिन्न किसिमको अनुदान दिने, अपुरा योजना पुरा गर्ने र शिक्षा स्वास्थ्यमा विशेष जोड् दिएको वडा सचिव प्रवेश परियारले बताए ।

त्यस्तै ३ नम्बर वडाले केहि सिचाईको योजना पनि अगाडी सारेको छ । आर्थिक वर्ष ०७७/०७८ को योजनाको समीक्षा गरिएको थियो । समीक्षाले सबै काम सन्तोषजनक पाएको बताइएकाे छ ।

त्यस्तै आर्थिक वर्ष ०७७ /०७८ को १६ लाख बजेटबाट सडक, खानेपानी, सिचाई र शिक्षामा खर्च गरिएको वडा कार्यालयले जनाएको छ । र आर्थिक वर्ष ०७८/ ०८९ को बजेटबाट अपुरा योजनालाई पुरा गर्ने, किसानलाई अनुदान दिने योजनालाई प्राथामिकतामा राखेको वडा अध्यक्ष चन्द्रबहादुर केसीले बताए ।

अध्यक्ष केसीको अध्यक्षतामा भएको वडा सभामा गाउपालिका अध्यक्ष धर्मबाहादुर केसीको प्रमुख आतित्यता रहेको थियो । भने गाउपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञानबहादुर खड्काको विशेष आतित्यता रहेको थियो ।

त्यस्तै विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, वडाका जनप्रतिनिधिहरु,  स्थानीयहरुको सहभागिता रहेको थियो । भने कार्यक्रमको संचालन वडा सचिव प्रवेश परियारले गरेका थिए ।

बाफिकोट गाउँपालिका-३ काे वडासभा सम्पन्न

 दोषीलाई कारबाही र क्षेतिपुर्तिको माग गर्दै, मृतक

बाफिकोट गाउँपालिका-३ काे वडासभा सम्पन्न

तीन अर्ब बजेट नेता र कार्यकर्तालाई बाँढ्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *