कोलम्बियाविरुद्ध पेरुको जित

एजेन्सी । कोपा अमेरिका फुटबलमा पेरुले पहिलो जित निकालेको छ। सोमबार विहान भएको खेलमा पेरुले कोलम्बियामाथि २–१ गोल अन्तरको जित निकालेको छ।

जितसँगै तालिकामा पहिलो तीन अंक जोडेको पेरु तेस्रो स्थानमा रहेको छ। पेरुभन्दा एक खेल बढी खेलेको कोलम्बिया चार अंकका साथ दोस्रो स्थानमा रहेको छ।

१७ औं मिनेटमा सर्जियो पेनाले गोल गर्दै पेरुलाई शुरुआती अग्रता दिलाएका थिए। ५१ औं मिनेटमा पेरुका गोलकिपर पेड्रो डेभिड ग्यालिलेसले खराब ट्याक्ल गरेपछि कोलम्बियाले पेनाल्टी प्रहारको अवसर पाएको थियो।

उक्त पेनाल्टी प्रहारलाई यारी मिनाले गोलमा परिणत गरेका थिए। ६४ औं मिनेटमा पेरुका क्रिष्टियन क्याभसले प्रहार गरेको कर्नर किक कोलम्बियाका यारी मिनालाई लागेर आफ्नै पोस्टमा गएपछि पेरुले उपहारमा गोल पाएको थियो।​

कोपा अमेरिकामा भोलि विहान उरुग्वे र चिली आमनेसामने हुने छन्। यस्तै भोलि विहानै अर्जेन्टिना र पाराग्वेबीच प्रतिस्पर्धा हुने छ।

कोलम्बियाविरुद्ध पेरुको जित

कोपा अमेरिका : भेनेजुएला र इक्वेडरले बराबरी

कोलम्बियाविरुद्ध पेरुको जित

युरो कपमा आज चार खेल हुँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *