कोपा अमेरिका : भेनेजुएला र इक्वेडरले बराबरी खेले

एजेन्सी । कोपा अमेरिका फुटबलमा भेनेजुएला र इक्वेडर बराबरीमा रोकिएका छन् । सोमबार बिहान सम्पन्न खेलमा भेनेजुएला र इक्वेडर २-२ गोलको बराबरीमा रोकिएका हुन् ।
भेनेजुएलाले खेलको ९१औ मिनेटमा गोल गर्दै खेल बराबरी गरेको थियो । भेनेजुएलाका लागि एडसन कास्टिलो र रोनाल्ड हेर्नानडेजले एक एक गोल गरेका थिए । त्यस्तै इक्वेडरका लागि एयीरटन प्रेसियाड़ो र गोन्जालो प्लाटाले एक एक गोल गरेका थिए ।
यो बराबरीपछि भेनेजुएलाको ३ खेलमा २ अंक भएको छ र समुह ए मा तेस्रो स्थानमा रहेको छ। त्यस्तै इक्वेडरको २ खेलमा एक अंक रहेको छ र चौथो स्थानमा रहेको छ।
अहिले कोलम्बिया र पेरुबीचको खेल जारी छ ।






