स्विट्जरल्यान्डसँग पराजित हुँदै टर्की युरो कपबाट बाहिरियो

काठमाडौं । युरो कप फुटबलमा स्विट्जरल्यान्डले पहिलो जित निकालेको छ । आइतबार राति भएको समूह चरणको अन्तिम खेलमा टर्कीलाई ३-१ गोल अन्तरले पराजित गर्दै स्विट्जरल्यान्डले पहिलो जित निकालेको हो ।

स्विट्जरल्यान्डलाई जित दिलाउन जद्रान शाकिरीले दुई गोल गरे। हरिस सेफेरोभीले एक गोल गरे। टर्कीका इरफान केभाचीले एक गोल फर्काए । खेलको छैटौं मिनेटमा हरिसले गोल गर्दै स्विट्जरल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । स्टेभेन जुबेरको पासमा उनले चलाखीपूर्णक गोल गरे। २६ औं मिनेटमा शाकिरीले गोल गर्दै स्विट्जरल्यान्डलाई २(० गोलको अग्रता दिलाए ।

खेलको ६२ औं मिनेटमा इरफानले गोल गर्दै टर्कीलाई २-१ को स्थितिमा ल्याए। खेलको ६८ औं मिनेटमा जुबेरको पासमा शाकिरीले व्यक्तिगत दोस्रो गोल गर्दै स्विट्जरल्यान्डलाई ३-१ को जित दिलाए ।

समूह चरणको अन्तिम खेलमा जित निकाले पनि स्विट्जरल्यान्ड सिधै नकआउट चरणमा प्रवेश गर्न असफल भएको छ। तर, स्विट्जरल्यान्डको समूहको तेस्रो स्थानमा रहने उत्कृष्ट चार टिम बन्दै अन्तिम १६ मा स्थान बनाउने सम्भावना रहेको छ। जसको लागि सबै समूह चरणको खेल सकिन पर्नेछ ।

समूह एमा रहेको स्विट्जरल्यान्डले ३ खेलमा ४ अंक जोड्यो। वेल्ससँग गोल अन्तरमा पछि पर्दा स्विट्जरल्यान्ड दोस्रो स्थानमा रहन असफल भएको हो। समूह चरणको पहिलो खेलमा वेल्ससँग बराबरी खेलेको स्विट्जरल्यान्ड दोस्रो खेलमा इटालीसँग पराजित भएको थियो ।

टर्की भने अंक विहीन बन्दै समूह चरणबाट बाहिरिएको छ। समूहको पुछारमा रहेको टर्कीले अंक जोड्न सकेन। पहिलो खेलमा खेलमा इटालीसँग पराजित टर्की दोस्रो खेलमा वेल्ससँग पराजित भएको थियो ।

स्विट्जरल्यान्डसँग पराजित हुँदै टर्की युरो कपबाट बाहिरियो

अमेरिकामा सवारी दुर्घटना १० जनाको मृत्यु, पाँच

स्विट्जरल्यान्डसँग पराजित हुँदै टर्की युरो कपबाट बाहिरियो

कोपा अमेरिका : भेनेजुएला र इक्वेडरले बराबरी

Leave a comment

Your email address will not be published. Required fields are marked *