दुई आत्मघाती गोलको उपहारसहित पोर्चुगलविरुद्ध जर्मनीको जीत

एजेन्सी  । युरोकप फुटबलमा जर्मनीले साविक विजेता पोर्चुगलमाथि सानदार जित निकालेको छ । म्युनिखमा शनिबार राति भएको खेलमा जर्मनीले पोर्चुगललाई ४-२ गोल अन्तरले पराजित गरेको हो । एलिनाज स्टेडियममा जर्मनीलाई जित दिलाउन काइ हाभर्टेज र रोबिन गोसेन्सले एक एक गोल गरे ।

जर्मनीले दुई गोल आत्मघाती उपहार पाएको थियो। पोर्चुगलका डिफेन्डरद्वय रुबेन डियास र राफायल गुइरेरोले आत्मघाती गोल गरे । यस्तै पोर्चुगलका लागि कप्तान क्रिस्टियानो रोनाल्डो र डिएगो जोटाले एक एक गोल फर्काए। रोमान्चक बनेको खेलको पाँचौं मिनेटमा जर्मनीका रोबिनले गोल गरेका थिए। तर, भीएआरमा सर्जी जिनाब्री अफसाइड देखिएपछि उनको गोलले मान्यता पाएन।

खेलको १५ औं मिनेटमा कप्तान रोनाल्डोले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाए। जर्मनीविरुद्ध रोनाल्डो यो पहिलो गोल हो। यस्तै रोनाल्डोको यो १ सय ७ औं अन्तराष्ट्रिय गोल हो। जारी युरोमा तेस्रो गोल पूरा गरेका रोनाल्डोको युरोकपमा कीर्तिमानी १२ औं गोल हो। तर, खेलको ३५ औं मिनेटमा पोर्चुगलका डियासले आत्मघाती गोल गरेपछि खेल १-१ गोलको स्थितिमा आयो।

३९ औं मिनेटमा राफायलले आत्मघाती गोल गरेपछि जर्मनीले पहिलो हाफमा २-१ को अग्रता बनायो। जोसुवा किमिचको क्रस क्लियर गर्ने क्रममा राफायलले आफ्नै पोस्टमा गोल गरेका हुन्।

दोस्रो हाफमा जर्मनी थप आक्रामक बन्यो। खेलको ५१ औं मिनेटमा गोसेन्सको पासमा हाभर्टेजले गोल गर्दै जर्मनीलाई ३-१ को अग्रता दिलाए।

६० औं मिनेटमा गोसेन्सले गोल गर्दै जर्मनीलाई ४-१ को अग्रता दिलाए । उनले किमिचको पासमा गोल गरेका हुन्। त्यसपछि खेलको ६७ औं मिनेटमा पोर्चुगलका जोटाले एक गोल फर्काएपनि जर्मनी ४-२ ले विजयी भयो।

समूह ‘एफ’ को जर्मनीको यो पहिलो जित हो। दोस्रो स्थानमा रहेको जर्मनीले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा जर्मनी फ्रान्ससँग १–० ले पराजित भएको थियो।

पोर्चुगलको यो पहिलो हार हो । पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३–० ले हराएको थियो। समूहको तेस्रो स्थानको पोर्चुगलले २ खेलमा ३ अंक छ। यस समूहमा ४ अंक जोडेको फ्रान्स शीर्ष स्थानमा रहेको छ। १ अंक जोडेको हंगेरी पुछारमा रहेको छ।

दुई आत्मघाती गोलको उपहारसहित पोर्चुगलविरुद्ध जर्मनीको जीत

पेनाल्टीमा चुक्दा बराबरीमा रोकियो स्पेन

Leave a comment

Your email address will not be published. Required fields are marked *