कर्णालीमा थप २९ जनामा कोरोना पुष्टि, २७ जनाले कोरोना जिते

कर्णाली प्रदेशमा शनिबार २९ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ ।

५४ जनामा गरिएको आरटी–पीसिआर विधिको परीक्षणका क्रममा १९ जना र ९३ जनामा गरिएको एन्टिवजेन विधिको परीक्षणका क्रममा १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

शनिबार सबैभन्दा धेरै कालिकोटमा १२ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोना भाइरसको संक्रमण हुने व्यक्तिको संख्या २९ हजार ३६२ पुगेको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार प्रदेशभरबाट शनिबार २७ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् ।

यो सँगै सक्रिय संक्रमितको संख्या ७४७ मा झरेको छ । प्रदेशमा शनिबार कोरोना भाइरसको संक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुने व्यक्ति सुर्खेतका हुन् । योसँगै कर्णालीमा कोरोनाबाट मुत्यु हुनेको संख्या ३४५ जना पुगेको छ ।

कर्णालीमा थप २९ जनामा कोरोना पुष्टि, २७ जनाले कोरोना जिते

आफ्नै कारणले प्रतिपक्षमा बस्नुपर्ने भयो : कमल

Leave a comment

Your email address will not be published. Required fields are marked *