२०८३ जेष्ठ ३० गते
×

Now Playing

एसियन भलिबल च्याम्पियनसिपमा नेपालले सहभागिता नपाउने, खेलाडी निराश

काठमाडौं । कोरोना भाइरसको उच्च जोखिम भएको देशको सूचीमा आयोजक फिलिपिन्सले नेपाल र भारतलाई राखेसँगै फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपाल खेल्नबाट वञ्चित भएको छ। महिना दिनदेखि तयारी गरेको नेपालको अवसर गुम्दा खेलाडी केही निराश पनि भएका छन्।

पहिलो पटक एसियन भलिबल प्रतियोगितामा सहभागि हुने अवसर पाएको नेपाली महिला भलिबल टोलीलाई शुक्रबार एसियन भलिबल कन्फेडेरेसन (एभीसी) ले जारी गरेको तालिका पछि केही निराश बनायो। ठूलो प्रतियोगिता खेल्ने पाउने उमंगका साथ तयारी गरेको महिला टोलीलाई उक्त तालिकाले स्तब्ध पनि भए।

आठ टोलीले मात्र प्रतिस्पर्धा गर्ने तालिका सार्वजनिक भएसँगै नेपालको अवसर गुमेको छ। कोरोना भाईरसको रेड जोनमा नेपाललाई समावेश गरेका कारण एभीसीले प्रतियोगितामा समावेश नगरेको मुख्य प्रशिक्षक जगदीश भट्टले बताए।

नेपाल रेड जोनमा परेको भन्दै आयोजकले नेपाललाई समावेश नगरेको भलिबल संघले यस अघि विज्ञप्ती जारी गरिसकेको छ। अन्तिम समयमा आएर महिला टोलीले एसियन च्याम्पियनसिप खेल्ने मौका गुमाउँदा खेलाडी निराश भएको कप्तान अरुणा शाहीले बताइन्। ठूलो प्रतियोगितामा सहभागिता जनाउने मौका गुमाए पनि अन्य प्रतियोगितामा टोलीले राम्रो गर्ने विश्वास व्यक्त गरिन्।

एसियन च्याम्पियनसिप आगामी अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म हुँदै छ। नेपालको सहभागिताका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले समेत आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएसँगै संघले खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर तयारीको वातावरण मिलाएको थियो।

तर, अन्तिम समयमा आएर नेपाल प्रतियोगिता भन्दा बाहिर हुँदा ठूलो प्रतियोगितामा सहभागि हुने राम्रो अवसर गुमेको हो। च्याम्पियनसिपमा अब आयोजक फिलिपिन्स, थाइल्यान्ड, दक्षिण कोरिया, काजकिस्तान, चाईनिज ताइपेइ, इरान, अष्ट्रेलिया र उज्वेकिस्तानले सहभागिता जनाउनेछन। प्रतियोगिताबाट बाहिर रहेका नेपाल र भारतलाई एभिसिले आयोजना गर्ने प्रतियोगितामा उच्च प्राथमिकता दिने समेत बताएको मुख्य प्रशिक्षक जगदीश भट्टले बताए।

एसियन भलिबल च्याम्पियनसिपमा नेपालले सहभागिता नपाउने, खेलाडी निराश

आइतबार जनकपुर-जयनगर रेलको गति परीक्षण गरिने

एसियन भलिबल च्याम्पियनसिपमा नेपालले सहभागिता नपाउने, खेलाडी निराश

सुर्खेतमा चार प्रतिशतले मात्र लगाए कोरोना खोप

Leave a comment

Your email address will not be published. Required fields are marked *