कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। आइतबारका दिउँसो २ बजेको लागि संसदीय दलको बैठक बोलाएको हो।

संसद् पुनःस्थापना भएसँगै कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पटक संसदीय दलको बैठक बस्न लागेको हो।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल हुने सांसद डा. डिला संग्रौलाले बताइन्। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी छन्।

प्रतिनिधिसभामा नेकपा एमाले १२१, नेपाली कांग्रेस ६३, नेकपा माओवादी केन्द्र ४९ र जनता समाजवादी पार्टी नेपाल ३४ सिट छ। नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक तथा स्वतन्त्र सांसदका रूपमा छक्कबहादुर लामा प्रतिनिधिसभामा छन्‌।​

देउवा प्रधानमन्त्री नियुक्त भएपछि ३० दिनभित्र विश्वासको मत लिनैपर्ने बाध्यकारी संवैधानिक व्यवस्था छ।

कांग्रेसले बोलायो संसदीय दलको बैठक

साउन १५ भित्र ३२ लाख खोप आइपुग्ने

कांग्रेसले बोलायो संसदीय दलको बैठक

पुरुषको खरा’ब यौन स्वास्थ्यबारे जानकारी दिने यी

Leave a comment

Your email address will not be published. Required fields are marked *