२०८३ मंसिर ११ गते
वीरेन्द्रनगर, सुर्खेत 13°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

दश दिनपछि भेटियो रजनीको शव

सुर्खेत४ चैत ।

दैलेखको आठबीस–३ निमायलकी ५ वर्षीया बालिका रजनी बडुवालको शव भेटिएको छ । आमा सुकी बढुवालसँगै कर्णाली नदीमा हामफालेको दश दिनपछि रजनीको शव भेटिएको दैलेख प्रहरीले जनाएको छ । मंगलबार अछामको तुर्माखाँद गाउँपालिका–३ स्थित कर्णाली नदी किनारमा रजनीको शब भेटिएको दैलेखका डीएसपी अनुपम श्रेष्ठले जनाए । नदी किनारमा बालिकाको शव देखेपछि स्थानीयले 

प्रहरीलाई खबर गरेको थिए । शवको पहिचानपछि पोष्टमार्टमको लागि अछामको जिल्ला अस्पताल मंगलसेनमा पठाइएको प्रहरीले जनाएको छ । फागुन २३ गते निमायलकी ३५ वर्षीया सुकी बडुवालले चार सन्तानसहित कर्णाली नदीमा हामफालेर आत्महत्या गरेकी थिइन । कर्णाली नदीमा हामफालेको भोलील्ट (२४ गते) सुकीका छोरीहरू १४ वर्षीया कल्पना र १२ वर्षीया सरिता र २५ गते सुकी र १० बर्षे छोरा ललितको शव कर्णाली नदीमा भेटिएको थियो ।

दश दिनपछि भेटियो रजनीको शव

जिप दुर्घटना हुँदा ४ जनाको मृ’त्यु, ७

दश दिनपछि भेटियो रजनीको शव

प्रहरीले नै दश हजार घुस मागेपछि…

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!