‘शेयर बजार मन्त्रीले घटाउनेरबढाउने भन्ने हुँदैन, लगानीकर्ता ढुक्क हुनुहोस्’

काठमाण्डौ : अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारमा लगानी गरेका सबै लगानीकर्ताको लगानीको संरक्षण गर्न अर्थ मन्त्रालय सधैँ गम्भीर रहेको बताउनुभएको छ । आज सोमवार बीमा समितिको कार्यालय भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो ।

शेयर बजार मन्त्रीले घटाउनरबढाउन भूमिका खेल्न नसक्ने भन्दै उहाँले त्यसको कारण नियमनकारी निकायलाई मात्र थाहा हुने बताउनुभयो । उहाँले मन्त्रालयले बजारमा अनियमितता गर्नेविरुद्ध छानबिन गरेर कारबाहीसमेत गरिसकेको भन्नुहुँदै मन्त्रालयले गर्नुपर्ने काम गरिरहेको स्पष्ट पार्नुभयो ।

शेयर बजारको समस्यालाई समाधान गर्न धेरै कुरामा सुधार गर्नुपर्ने देखिएकाले विज्ञहरूसँग त्यसका लागि छलफल भइसकेको र त्यसतर्फ काम भइरहेको समेत उहाँले जानकारी दिनुभयो ।

लगानीकर्ताले अनावश्यक रूपमा भोगिरहेको समस्या र लगानीलाई सुरक्षित गर्न आवश्यक नीति र प्रविधि विकासमा मन्त्रालय गम्भीर रूपमा लागेको मन्त्री शर्माले बताउनुभयो । यसमा लगानीकर्तालाई ढुक्क हुनसमेत उहाँले आश्वस्त पार्नुभयो ।

अहिले कुनै समूह यसबारे अफवाह फैलाउन लागिपरेको बताउनुहुँदै उहाँले त्यस्तो भ्रममा नपर्न लगानीकर्तालाई आग्रह गर्नुभयो । ‘तपाईँलाई एउटा भ्रम दिँदै ठग्लान्, ठगीमा पर्नु होला’, मन्त्री शर्माले सर्वसाधारण लगानीकर्तालाई आग्रह गर्नुभयो, ‘नठगिएर आफ्नो व्यवसाय गर्नुहोस्, त्यसमा अर्थमन्त्री र अर्थ मन्त्रालयले घटाइदिनेरबढाइदिने भन्ने कुरा हुँदैन, यसले संस्थाहरूलाई पारदर्शी बनाउने र बलियो बनाउने, ऐन कानुनलाई व्यवस्थित बनाउने काम गर्ने हो । त्यसमा हामी लागेका छौँ ।’

‘शेयर बजार मन्त्रीले घटाउनेरबढाउने भन्ने हुँदैन, लगानीकर्ता ढुक्क हुनुहोस्’

हृदयेश त्रिपाठीले नयाँ पार्टी खोल्ने, भोलि घोषणा

‘शेयर बजार मन्त्रीले घटाउनेरबढाउने भन्ने हुँदैन, लगानीकर्ता ढुक्क हुनुहोस्’

संसद् बैठकअघि एन्टिजेन परीक्षण गर्न आह्वान

Leave a comment

Your email address will not be published. Required fields are marked *