आमाबुबा अक्षकोषद्धारा बालबालिकालाई छात्रवृत्ति

प्रचण्ड खत्री

रुकुमपश्चिम । बाफिकोट गाउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष चन्द्रबहादुर केसीले आफ्ना आमाबुवाको निम्ति स्थापना गरेको अक्षकोषबाट गाउपालिका भरिका बिद्यालयका आमाबुवा नभएका अर्थात टुहुरा बालबालिकालाई छात्रवृत्ति वितरण गरेका छन ्र बाफिकोट गाउपालिका भित्र आधारभुत र माबी गरि ४४ वटा बिद्यालय रहेका छन ।
प्रतेक बिद्यालयबाट आएका सिफारिस अनुसार छात्रवृत्ति वितरण गरिएको आमाबुवा अक्षकोष संचालक समितिका अध्यक्ष तथा ३ नम्बर वडा अध्यक्ष चन्द्रबहादुर केसीले बताए । १ देखि ५ कक्षा सम्मका ६७ जना , ६ देखि ८ सम्मका १७ र ९ देखि १० कक्षा सम्मका १५ गरि ९९ जना बिद्यार्थीलाई छात्रवृत्ति वितरण गरीएको हो ।
कक्षा १ देखि ५ सम्मका बिद्यार्थीका प्रतिव्यक्ति १ जनाका लागि २० रुपैया ३ दर्जन कापी , ३० रुपैया पर्ने १ दर्जन कलम , छात्रका लागि १ जोडा सटपाईन्ट , छात्राको लागि कुर्तासुरुवाल , १ वटा टिफिन र १ जोडा ज्यामिती बक्स १ सेट झोला बितरण गरिएको छ ।
कक्षा ६ देखि ८ सम्मका विद्यार्थीका लागि ३० रुपैया पर्ने ३ दर्जन कामि , ४० रुपैया पर्ने १ दर्जन कलम , छात्रको लागि सटपाईन्ट , छात्राको लागि कुर्तासुरुवाल , १ सेट झोला , ज्यामिती बक्स वितरण गरिएको अक्षकोष संचालन समितिका सचिब तथा बिरेन्द्र माबी बाफिकोटका प्रअ रत्नबहादुर केसीले जानकारि दिए ।
त्यस्तै ९ र १० का लागि ४० रुपैया पर्ने ४ दर्जन कापी , ५० रुपैया पर्ने ३ दर्जन कलम , १ सेट झोला , १ सेट ज्यामिती बक्स , छात्रका लागि सटपाईन्ट र छात्राका लागि १ सेट कुर्तासुरुवाल बितरण गरिएको छ ्र
आमा बुवा अक्षकोष स्थापनाका लागि देश विदेशबाट झन्डै ३० लाख रकम संकलन भएको थियो ्र ०७७ फाल्गुन महिनाको १५ गत्ते कोषको स्थापना गरिएको थियो । बिरेन्द्र माविका शिक्षकलाई ब्याजमा पैसा वितरण गरिएको थियो ्र त्यहि पैसाको ब्याजबाट उठेको ३ लाख १० हजार रुपैयाले छात्रवृत्ति बितरण गरिएको बताएको छ ।
अक्षकोष स्थापनाको लागि झन्डै ६५ जनाले सेयर लगानी गरेका थिए ्र सबभन्दा बडी सिस्ने गाउपालिका ७ का स्थानीय हाल काठमाडौ निवासी धनबहादुर केसीबाट ५ लाख ५ हजार सेयर लगानी भएको थियो भने सबभन्दा कम बाफिकोट गाउपालिका वडा ३ झिम्रु निवासी प्रकाश केसीले ५१ सय सेयर लगानी गरेका थिए ।
स्वर्गीय आमा मंगली खत्री र बुवा जोखु खत्रीको स्मरणमा वडा नम्बर ३ का वडाअध्यक्ष चन्द्रबहादुर केसीले स्थापना गरेका हुन । आज एक कार्यक्रमका बीच छात्रवृत्ति बितरण गरिएको छ । आमाबुवा अक्षकोष संचालक समितिका अध्यक्ष चन्द्रबहादुर केसीको अध्यक्षतामा भएको वितरण कार्यक्रममा सबै बिद्यालयका प्रअ , बिद्यार्थी स्थानीयको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन कोषका सचिब तथा बिरेन्द्र माबी बाफिकोटका प्रअ रत्नबहादुर केसीले गरेका थिय ।






