हुम्लाका युवाले निर्माण गरे गोठालाको कथामा आधारित म्युजिक भिडियो

हुम्ला । दुर्गम हिमाली जिल्ला हुम्लाका युवाहरूले गोठालाको कथामा आधारित म्युजिक भिडियो निर्माण गरेका छन् ।

पछिल्लो समय मध्यपश्चिम तथा सुदूरपश्चिमको देउडा ठाडी भाका गीत लोप हुँदै गएपछि हुम्लाका युवाहरू मिलेर हुम्लामै छायांकन गरेका छन् ।

देउडा संस्कृतिलाई माया गर्ने स्रष्टाहरूलाई बजारीकरणमा टिक्न र बिक्न समस्या भएपछि लोप हुन थालेको देउडा ठाडी भाका गीतमा स्थानीयस्तरमै युवाहरू म्युजिक भिडियो उत्पादनमा लागेका हुन् ।

समयको परिवर्तनसँगै बजारमा रिमिक्स, आधुनिक, लोकगीत–संगीतको हाबी भएको छुट्टै पहिचान बोकेको देउडा ठाडी भाका लोप हुँदै गएको भन्दै स्थानीयस्तरमै देउडा ठाडी भाका गीतको छायांकन गरेको निर्देशक पदमराज हमालले जानकारी दिए ।

‘जिन्दगी अधुरो बनाई छोडी बाईगई माया’ बोलको देउडा ठाडी भाका गीत हुम्लामै पहिलोपटक निर्माण गरेको निर्देशक हमालले बताए ।

गोठालाहरूको दुःखपीडामा आधारित बनाई माया प्रेमको भाव झल्काउने गीतको भाव रहेको निर्देशक हमालको भनाइ छ । गीत स्थानीय गायक मनबहादुर थापाको स्वर र शब्दमा रहेको छ ।

हुम्लाका युवाले निर्माण गरे गोठालाको कथामा आधारित म्युजिक भिडियो

‘अब बन्ने सरकार सही ढंगले अघि बढ्छ

हुम्लाका युवाले निर्माण गरे गोठालाको कथामा आधारित म्युजिक भिडियो

माधव नेपालकै कारण आफ्नो सरकार गुमेको ओलीको

Leave a comment

Your email address will not be published. Required fields are marked *