‘अब बन्ने सरकार सही ढंगले अघि बढ्छ भन्नेमै शंका छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने सरकार सही ढंगले अघि बढ्छ भन्नेमै शंका रहेको बताएका छन्।

देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘बाँकी अवधि संसद् चलोस्, मेरो शुभकामना छ।

तर, सयमै निर्वाचन हुन्छ भन्नेमै शंका छ। अब बन्ने सरकार सही ढंगले अघि बढ्छ भन्नेमै शंका छ।’

अब बन्ने कांग्रेस सभापति शेरबहादुर देउवाको इतिहास र भूमिका भनिराख्न नपर्ने भन्दै उनले व्यङ्ग प्रहार गरे।

आफूलाई जनताले हटाएको नभएर आदेश र परमादेशले हटाएको समेत बताए।

‘अस्वस्थ तरिकाबाट अगाडि जान मलाइ मन छैन। मेरो मन मस्तिष्कमा देश र जनताबाहेक अरु छैन।

त्यो भन्दा बाहिर जान आवश्यक पनि छैन’ उनले भने, ‘जनताले यसको मुल्याङ्कन गर्नेछन्।’

‘अब बन्ने सरकार सही ढंगले अघि बढ्छ भन्नेमै शंका छ’

अदालतले राजनीतिक विषयमा हात हाल्याे : ओली

‘अब बन्ने सरकार सही ढंगले अघि बढ्छ भन्नेमै शंका छ’

हुम्लाका युवाले निर्माण गरे गोठालाको कथामा आधारित

Leave a comment

Your email address will not be published. Required fields are marked *