नैतिकता बाँकी छ भने राष्ट्रपति र प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रपति र प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन्।

जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन्।

सर्वोच्चको फैसला आए लगत्तै भट्टराईले सर्वोच्चलाई धन्यवाद दिँदै अलिकति पनि नैतिकता बाँकी छ भने राष्ट्रपति र प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताए।

‘सर्वोच्चको फैसला सम्मानयोग्य छ। यो फैसलासँगै राष्ट्रपति र प्रधानमन्त्रीले आफ्नो नैतिकता गुमाइसकेका छन्।

यदि उहाँहरूसँग अलिकति पनि नैतिकता बाँकी छ भने तत्कालै राजीनामा दिनुपर्छ।’ उनले राष्ट्रपति र प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिकता गुमाइसकेको बताए।

नैतिकता बाँकी छ भने राष्ट्रपति र प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : भट्टराई

सल्लिबजारमा पर्याप्त बैंक नहुँदा नागरिकलाई सास्ती

नैतिकता बाँकी छ भने राष्ट्रपति र प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : भट्टराई

भेरीमा बालविकास सहजकर्ताको तलव बढ्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *