सल्लिबजारमा पर्याप्त बैंक नहुँदा नागरिकलाई सास्ती

दुर्गा विसि

सल्यान पश्चिम जिल्लाको ठुलो व्यापारीक केन्द्र हो ।क्षेत्रफलको हिसाबले पनि ठुलो क्षेत्र हो । तर विडम्बनापूर्ण स्थानीय तह भए यता एउटा् प्राइभेट बैंक आयो ।
त्यो हो लक्ष्मि बैंक । जसको सेवा अत्यन्तै सुस्त छ ।झन आषाढ मसान्तसम्म उपभोक्त र नियमित सेवा ग्राही तथा व्यापारीले हद दुख खेपिरहेका छन् । लकडाउनमा समेत ढिलाइ गरि बैकमा पोष्ट भएको तलव समेत कर्मचारीले निकाल्न पाइरहेका छैनन् ।
भिडभाड कोभिड जोखिम समेत उत्तिकै छ ।बैंकमा पैसा अभाव र योजनाका ठुला कामले रकम सक्किने भएकोले एटीएम सेवा समेत बन्द रहेको छ । हप्तौं दिन देखि योजनाको कामको भुक्तानी नपाएको समिति उपभोक्त समितिका पदाधिकारीले वताउने गरेका छन् । यतिबेला सधैं उक्त बैकमा सयौंको भिडभाड देखिन्छ ।
दुधे वालक वोकेका पानिको झरिमा छातावडि लाइन लागेका महिलाहरु निकै आक्रोशित देखिन्थे ।बैंक अभाव,सुरक्षीत रकम जम्मा गर्ने,रेमिटान्स लगाएतका कामकाज गर्ने सर्वसाधारण नागरिकले दुख खेपिरहेका छन् । एक भन्दा अर्को विकल्प नहुदा यहाँका नागरिक बैकिङ कारोवारामा वर्षेनि झमेला पर्ने गरेका छन् ।
जनघन्त्वको हिसाबले थप बैंक माग गर्नु पर्ने हो।त्यो जिम्मेवारी भनेको स्थानीय तहको हो ।स्थानीय तहले अनुमती र माग नगर्दा अर्को बैक आउने कुरामा कानुन अड्चन देखिन्छ ।लक्ष्मि बैंकको सेवा प्रती पनि यहाँका नागरिक रुष्ट देखिन्छन् ।






