सडक अवरुद्ध हुँदा आवतजावतमा समस्या

प्रचण्ड खत्री

रुकुमपश्चिम । बिचबिचमा सडक खस्दा सडकमा गाडी चलेका छैनन । यो आर्थिक बर्षमा सडक फराकिलो बनाएका कारण पहिरो खसेको हो । रुकुम पशिम अन्तरगत बाफिकोट गाउपालिका ६ मग्मा देखि दुली हुदै घापाघार सडकखण्ड अवरुद्ध भएको छ ।
सडक मर्मत र सडक ठुलो बनाउदा पहिरो खसेको बाफिकोट ८ का स्थानीय तप्त केसीले बताए । दिनदिनै बर्सात भएर पनि यो समस्या झेल्नु परेको केसीको भनाई छ । यस सडकखण्डमा दैनिक ६ वटा गाडी चल्ने गरेका छन भने २ पांग्रे सवारी साधन पनि दैनिक रुपमा दर्जन भन्दा बडी चल्ने गरेका छन ।
पहिरो खस्दा दैनिक रुपमा कामकाजमा सदरमुकाम आउने यात्रु भने बीच बाटोमै अलपत्र पर्ने गरेको गाडी चालक प्रकाश घर्तिमगरको भनाई छ ्र साथै बाफिकोट ६ र ८को बिचमा पर्ने मैचुखोलामा पानीको बहाप बढेकाले पनि गाडी चलेका छैनन ।
०७७र ०७८ मा प्रदेश सरकारको १५ लाख लगानीमा उक्त खोलामा कल्भर्ड निर्माण गरेपनि कल्भर्ड माथिबाट पानीको बहाप बढेर सडक अबरुद्द भएको हो ्र सडक कुन दिन खुल्छ थाहा छैन हामि बीच बाटोमै बसेका छौ सडक खुलाईदिन आग्रह गएपनि कुनै निकायले वास्था नगरेको सानीभेरी गाउपालिका वडा नम्बर ५ स्थानीय भक्त बाठाले बताए ।
स्थानीय सरकारले गर्यो सडक खुलाउन ढिला
बाफिकोट गाउपालिकाले बिग्रेको सडक खुलाउन ढिला गरेको छ । पहिरो गएको ११ घण्टा बितिसक्दा पनि सडक खुलाउन आनाकाना गरेको छ । गाउपालिकालाई सडक खुलाईदिन पटकपटक सुचना गरेपनि खुलाउछौ मात्रै भन्ने गरेको यात्रुहरुको भनाई छ ।
बाफिकोट गाउपालिका अध्यक्ष धर्मबहादुर केसीले भने गाउपालिकाको स्काभेटर झुलामा रहेको र ड्राईभरलाई लैजान भनेको र आज सम्ममा सडक खुल्ले बताए ।






