भेरीमा बालविकास सहजकर्ताको तलव बढ्ने

जाजरकोट । पुर्वप्राथमिक शिक्षा अर्थात बाल कक्षा संचालनका लागि नियुक्त गरिएका बालविकास सहजकर्ता (शिक्षक) हरुको हालको तलबभत्ता जम्मा ६ हजार रुपैया मात्र छ ।

कक्षा १ मा भर्ना हुनुपुर्व बालबालिकाको सर्वाङ्गिण विकास गराई औपचारिक शिक्षा लिनका लागि तयारी अवस्थामा राख्ने उद्देश्यले सरकारले विभिन्न सामुदायिक विद्यालयमा र समुदायमा बाल विकास सहयोगी कार्यकर्ता मार्फत बाल कक्षा संचालन गरिरहेको छ ।

ति सहजकर्ताले कतिपय विद्यालयमा अन्य कक्षाको पठनपाठनमासमेत सहयोग गरिरहेका छन् । बालबालिकाको शिक्षाको आधार खडा गराउने जिम्मा लिएका ति शिक्षकको पारिश्रमिकमा अन्याय हुँदै आएको आवाज उठ्दै आएको थियो । यसैलाई मध्यनगर गदै सरकारले आगामी आर्थिक बर्षको बजेटमा बालविकास कक्षामा कार्यरत सहजकर्ताको मासिक तलव ६ हजारबाट १५ हजार बनाउने घोषणा गरेको छ ।

तर संघीय सरकारले दुई हजार मात्र तलब बढाएर अन्य सात हजार स्थानीय तहले ब्यहोर्ने जनाएको छ । तर कतिपय स्थानीय सरकारले बजेटले त्यति धेरै तलब धान्न नसकिने भन्दै तलब बढाउन नमानिरहेको अवस्थामा भेरी नगरपालिकाले भने सरकारले तोकेअनुसार नै पुरै ब्ययभार लिन अग्रसर देखिएको हो ।

भेरी नगरपालिकाले हालै सार्वजनिक गरेको आगामी आर्थिक बर्षको बजेटमासमेत बालविकासमा कार्यरत शिक्षकहरुको तलवका लागि बजेट विनियोजन गरेको नगरप्रमुख चन्द्रप्रकास घर्तीले बताए । तीन सयबाट पढाउन सुरु गरेका शिक्षकहरुको तलवमान अब मासिक १५ हजार पाउने गरि नगरसभाबाट ब्यवस्था गरिएको नगर प्रमुख घर्तीले बताए ।

आगामी साउनदेखि नै बृद्धि भए अनुसार १५ हजार तलव उनीहरुले पाउनेछन् । भेरी नगरपालिकामा ४४ जना बालविकास शिक्षिका रहेका छन् । उनीहरुले आगामी बर्ष बृद्धि भएको समेत गरी ८ हजार र नगरपालिकाले थप्नुपर्ने सात हजार रुपैयाँले पनि मासिक तीन लाख आठ हजार रुपैयाँ दायित्व लिनुपर्ने देखिन्छ ।

भने बार्षिक रुपमा ४० लाख चार हजार रुपैया संघीय बजेटमा थप गर्नुपर्ने भएको छ । सबै दायित्व लिनेगरी बजेटको ब्यवस्था गरिएको नगरप्रमुख घर्तीको भनाइ छ । मासिक पारिश्रमिक बढ्ने भएपछि सहजकर्ताहरु खुसी भएका छन् ।

 

भेरीमा बालविकास सहजकर्ताको तलव बढ्ने

नैतिकता बाँकी छ भने राष्ट्रपति र प्रधानमन्त्रीले

भेरीमा बालविकास सहजकर्ताको तलव बढ्ने

गुराँसमा अल्पसंख्यकलाई भत्ता

Leave a comment

Your email address will not be published. Required fields are marked *