कोरोनाको लक्षण देखिएका घरदैलोमै पुगेर स्वाब संकलन

सल्यान : जिल्लाको कुमाख गाउँपालिकाले कोरोना स्वास्थ्यकर्मीसँगै जनताको घरदैलोमा पुगी स्वाब संकलन थालेको छ। नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमण बढ्दै जान थालेपछि संक्रमितको खोजी कार्य गर्न र उपचार गर्न स्वास्थ्यकर्मीसहितको टोली घरदैलोमा पुगी स्वाब संकलन थालेको हो।

गाउँपालिका अध्यक्षसहितको स्वास्थ्यकर्मीको टोली कोरोना भाइरसको लक्षण देखिएका घरमा पुगी पिसिआर र एन्टिजेन परीक्षण गरी रहेको गाउँपालिका अध्यक्ष दिलमाया बुढाले बताइन्। गाउँपालिकाको टाट्के, भितिवन, स्वीकोट पाखा, रागेचौ, जिमाली लगायतका दर्जन बढी टोलमा पुगी पिसिआर संकलन गरिएको उनको भनाइ छ ।

उनका अनुसार हालसम्म १ सय ४१ जनाको स्वाब संकलन परीक्षणका लागि पठाइसकिएको छ। एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३३ जनामा कोरोना पोजेटिभ देखिएको छ। सात वडा रहेको गाउँपालिकामा बुधबार दुई न वडामा संकलन गरिने र ४ न वडा बाँकी रहेको उनको भनाइ छ।

उनले भनिन्, ‘कोरोना संक्रमण बस्तीस्तरमा फैलन नपाओस् भनेर नै गाउँघरमै पुगी कोरोना परीक्षण गरी रहेका छौं।‘ घरदैलोमा पुगेर स्वाब संकलन गर्नुका साथै कोरोना संक्रमणबारे जनचेतना अभिवृति गर्नुका साथै कोरोनाका लक्षणको सम्बन्धमा पनि जानकारी दिने गरेको बुढाको भनाइ छ।

पहिचान नभएका संक्रमितको पहिचान गर्न र थप संक्रमण रोकथाममा सघाउ पुर्‍याउने प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर घर्तीले बताए। नागरिकलाई सचेत बनाउने र कोरोना भाइरस रोकथाम गर्न यस प्रकारको कार्यले सघाउने आफूहरूको विश्वास रहेको घर्तीले बताए ।

कोरोनाको लक्षण देखिएका घरदैलोमै पुगेर स्वाब संकलन

‘कोरोना नियन्त्रणमा प्रदेश र केन्द्रले पनि सघाउनुपछ’

कोरोनाको लक्षण देखिएका घरदैलोमै पुगेर स्वाब संकलन

कोरोनाका बिरामीलाई दिइने रेम्डेसिभिर औषधि पाइने ठाउँ

Leave a comment

Your email address will not be published. Required fields are marked *